प्रचण्डको फोन मोदीले उठाएनन्

काठमाडौ, ११ असोज– पूर्वप्रधानमन्त्री एवम् एमाओबादी अध्यक्ष प्रचण्डले नाकाबन्दीका विषयर्मा  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँंग सिधै कुराकानीको प्रयास गरेको बताएका छन् । अध्यक्ष प्रचण्डले आफूले गरेको टेलिफोनलाई मोदीले महत्व नदिएको केन्द्रीय समितिको वैठकमा जानकारी गराएका छन् ।  अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री मोदीलाई टेलिफोन सम्पर्क गरेको तर उनका सहयोगीले उठाएर कुराकानी सम्भव नभएको बताएको उल्लेख गर्दै प्रचण्डले बैठकमा भने– मैले सहयोगी मार्फत भारतले नेपालमाथि नाकाबन्दी गरेर के गर्न खोजेको हो भन्ने सन्देश पु¥याउन भने । आफूले नाकाबन्दी खुलाउनका लागि कुटनीतिक प्रयास जारी राखेको र भारतीय पक्षबाट सकारात्मक जवाफ आउने तर व्यवहारमा लागु नभएको पनि प्रचण्डले वैठकमा जानकारी गराएका थिए । चिनयाँ पक्षलाई पनि तत्काल नाका सुचारु गर्नका लागि आग्रह गरेको जानकारी वैठकमा दिएको केन्द्रीय सदस्य हेमराज भण्डारीले बताए ।  नेता भण्डारीका अनुसार पार्टीप्रति असन्तुष्ट नेताहरुलाई  तत्काल कारवाही नगर्ने निर्णय पनि वैठकले गरेको छ । देशको अवस्था राम्रो नभएकाले यस्तो बेलामा राजिनामा दिएर पार्टी छोडेका र अनुशासन उल्ंघन गरेकाहरुलाई कारवाही  नगर्ने निष्कर्षमा केन्द्रिय समिति पुगेको छ ।  संविधान जारी भइसकेको अवस्थामा असोज १६ गतेदेखि देशब्यापी प्रशिक्षण, १७ गते काठमाण्डौ सहित देशभर अन्तरक्रिया गर्ने निर्णय एमाओवादीले गरेको, प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।  संविधानका विषयमा जनतालाई जानकारी दिनका लागि देशभर सभा गर्ने भनिए पनि ३ दलको संयुक्त गर्ने वा एक्लै गर्ने भनेर टुंगो लाग्न नसकेको शर्माको भनाई छ  ।  एकीकृत नेकपा माओवादीले पार्टी प्रति असन्तुष्ट नेताहरुलाई तत्काल कारवाही नगर्ने भएको छ । देशको अवस्था नराम्रो भएकाले यस्तो बेलामा राजिनामा दिएर पार्टी छोडेका र अनुशासन उलंघन गरेकाहरुलाई कारवाही गर्दा त्यसले राम्रो सन्देश नदिनेभन्दै अहिले नै कारवाही नगर्ने भएको हो । कारवाहीका बारेमा गम्भीर भएर सोचेर मात्र निर्णय गर्नु पर्ने नेताहरुले बताएका छन् । एकीकृत माओवादीबाट नेताहरु डा. बाबुराम भट्टराई, लोकेन्द्र विष्टमगर लगायतले राजिनामादिएका छन् भने पोलिट्ब्यूरो सदस्यहरु रामचन्द्र झा, प्रभु साह र महेन्द्र पासवानले केन्द्रीय समिति बैठक वहिस्कार गरेका छन् । त्यस्तै केन्द्रीय सदस्यहरु रामरिझन यादव, रामकुमार शर्मा, घनश्याम यादवव, चिनक कुर्मी, उपेन्द्र कुमार साहले पनि केन्द्रीय समिति बैठक वहिस्कार गरे । तर उनीहरुलाई केन्द्रीय कार्यालयले एक पटक स्पष्टिकरण सोध्ने निर्णय गरेको छ । संविधान जारी भइसकेको अवस्थामा असोज १६ गतेदेखि देशब्यापी प्रशिक्षण, १७ गते काठमाण्डौ सहित देशभर अन्तरकृया गर्ने निर्णय माओवादीले गरेको प्रवक्ता दीनानाथ शर्माले जानकारी दिए ।