कास्की– कास्कीको पोखरा लेखनाथ महानगरापलिकाको मतगणनाको प्रारम्भिक परिणाम आएको छ ।
तीनवजेपछि आएको परिणाम अनुसार एक सय मत गनिएको छ ।
जसमा एमालेका तर्फबाट उम्मेदवार बनेका मान बहादुर जिसि र मन्जु गूरुङले क्रमश ५१ र ४७ मत पाएका छन् भने कांग्रेसका रामजी कुँवर र उपमेयर सरुस्वती गुरुङले ३३ र ३० मत पाएका छन् ।
पोखरा लेखनाथको प्रमुख तथा उपप्रमुखमा ५ -५ जनको उम्मेदवारी परेको छ ।
जसमा कांग्रेस माओवादीका तर्फबाट मेयरमा रामजी कुवँर र सरस्वती गुरुङ तथा एमाले राप्रपाबाट मान बहादुर जीसी र मन्जु गुरुङ उम्मेदवार रहेका छन् ।
पोखरा लेखनाथ महानगरपालिकाका ३३ वडामा कुल मतदाता १ लाख ६८ हजार ६७ जना रहेका छन् ।
यस पटकको स्थानीय तहको निर्वाचनमा विभिनन पदमा महिला उम्मेदवार ३३३ जना तथा पुरुष उम्मेदवार ५०५ रहेका छन् ।
मेयरका उम्मेदवार
नेपाली कांग्रेसका रामजी कुँवर — ३३ मत
एमालेका मानबहादुर जिसी — ५१ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका गीता गुरुङ — ० मत
उपमेयरका उम्मेदवार
नेपाली कांग्रेसका सरस्वती गुरुङ — ० मत
माओवादी केन्द्रका गोमा ढकाल —३० मत
एमालेका मञ्जुदेवी गुरुङ —४७ मत
राष्ट्रिय प्रजातन्त्र पार्टीका रमेश खत्री — ० मत






