मतदाता अघिल्लो दिनै किन पुगे मतदान केन्द्रमा ?

धादिङ – जिल्लाका दुर्गम गाउँका मतदाता मतदानको अघिल्लो दिन शनिबारै मतदान केन्द्र आइपुगेका छन् ।

रुबीभ्याली गाउँपालिका ५ नेवेरका मतदाता दुई दिन हिँडेर शनिबार दिउँसो सदाचेतस्थित लापा मावि मतदान केन्द्र आइपुगेका हुन् ।

मतदान केन्द्र गाउँबाट टाढा रहेकाले अघिल्लै दिन केन्द्र आसपास आएर बस बस्नुपरेको ती मतदाताले बताए ।