
लन्डन । बेलायतस्थित समाजसेवी इशा गुरुङले फेसबुक मार्फत रकम उठाएर ३ लाख ४५ हज़ार क्यानसर पिडित पोखरेली प्रिया गुरूड्का लागी आज पिडितको आमालाइ उहा कि दिदि र समाजसेवी धनमाया गुरूड् र लक्ष्मी गुरूड् सहितको उपस्थितिमा एक कार्यक्रमका बीच सो रकम हस्तान्तरण गरिएको हो ।
, फेसबुक पोस्टमा लाइक र कमेन्ट पाएन भनेर गुनासो गर्छन् तर इशा भन्छिन् मैले सयौ सहयोगीमनहरू र सहयोगी साथहरू पाउदा गर्ब लाग्छ , यो अभियान इशाको पहिलो पक्कै हैन , बिगतका दिनहरूमा दर्जनौ पहल गरेर नेपाल र नेपालीका लागी उद्गार गरिसकेकि छिन उनि !

क्यान्सर पीडित १९ वर्षीया पोखरेली युवती प्रिया गुरुङको उपचारार्थ उनले चन्दा संकलन अभियान थालेकी हुन् । प्रियाको हाल भारतमा उपचार भइरहेको छ । फेसबुकबाटै अभियान शुरु गरेर १५ दिनमा उल्लेख्य सहयोग आएको उनले बताइन् ।
उनले सहयोगी दाताहरुप्रति आभार व्यक्त गर्दै ‘मानव सेवा नै ठूलो धर्म र सेवा हो’, फेसबुक आफ्ना लागि एउटा च्यारेटी संस्था जस्तै भएको पनि बताइन् । ‘सयौं सहयोगी साथ पाएर उत्साहित छु’, उनले भनिन्, ‘संकलित रकम पारदर्शी ढंगले सार्वजनिक गरेर हस्तान्तरण गरेकी छु ।’ क्यान्सर पीडितका लागि इशाको यो दोश्रो अभियान हो ।
यसअघि उनले पूर्व सभासद शान्ता चौधरीलाई २ लाख ६२ हजार उपचार सहयोग, यसबाहेक उनले हेल्प नेपाल, दिक्षा चापागाईंको संस्था पवित्र समाज सेवा नेपाल, अनाथ बालबालिकाको लागि सानो घर, चितवन आदिमा ३१ लाख रुपैयां सहयोग गरिसकेकी छन् ।






