रसुवामा काँग्रेस पार्टी कार्यालयमा तोडफोड, नेताको जिपमा ढुङ्गा प्रहार

रसुवा। स्थानीय तहको निर्वाचनको विवादका कारण नेपाली काँग्रेस रसुवाको कार्यालय तथा स्थानीय नेता नेता चढेको गाडी तोडफोड गरिएको छ ।

निर्वाचनको मनोनयपत्रको विवादका कारण हाकुका महिलाले काँग्रेस रसुवाका नेता लामाकार्पु तामाङ चढेको जिपमा ढुङ्गा प्रहार गर्नाका साथै पार्टी कार्यालयको फर्निचर र कागजपत्र फालेर कार्यालय तोडफोड गरेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रहरी निरीक्षक ध्रुव सिलवालका अनुसार तोडफोडमा संलग्न पाँच महिलालाई नियन्त्रणमा लिई छानबिन भइरहेको छ ।