निर्वाचनका लागि म्यादी प्रहरी भर्ना गर्न मन्त्रिपरिषद्को स्वीकृति

काठमाडौँ, ३० चैत । सरकारले स्थानीय तहको निर्वाचनका लागि ७५ हजार म्यादी (आवधिक) प्रहरी नियुक्ति गर्न स्वीकृति दिएको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

मन्त्रिपरिषद्को बैठकले राजविराज घटनामा मृत्यु भएका इनर यादवको परिवारलाई क्षतिपूर्तिस्वरूप रु दश लाख दिने निर्णय पनि गरेको छ । भारतीय सेनाको गोली लागेर मृत्यु भएका बासुदेव साहलाई सहिद घोषणा गर्दै क्षर्तिपूर्तिस्वरूप परिवारलाई रु दश लाख प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो । त्यसैगरी भोजपुर र तेह्रथुममा आगलागी भएको गाउँमा १५ लाख र सहरमा रु २५ लाखसम्म सहुलियत दरमा ऋण दिने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।