काठमाडौं, चैत २८ । झन्डै एक महिनापछि सोमबार (आज) मन्त्रिपरिषदको बैठक बसेको छ ।
उपप्रधानमन्त्रीहरुको वरीयता विवादका कारण गत चैत ३ गतेयता मन्त्रिपरिषदको बैठक बस्न सकेको थिएन ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेदेखि सुरु भएको बैठकमा उपप्रधानमन्त्री कमल थापालाई दोस्रो वरीयतामा राखिएको जनाइएको छ ।
अर्का उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधि भने बैठकमै सहभागी नरहेको बुझिएको छ ।






