बेलायतवासी मेकअप आर्टिष्ट बिना राईको म्यूजिक भिडियो सार्वजनिक

yo sanjh

लन्डन । चर्चित गायक स्वरुपराज आचार्यको स्वर रहेको ‘यो सांझ…’ बोलको गीतमा निर्मित म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।  ५ अप्रिलमा युट्यूवमार्फत सार्वजनिक गरिएको उक्त म्यूजिक भिडियो स्कटल्याण्डको एवरडिनमा छायांकन गरिएको हो ।

bina rai

‘यो सांझ’ गीत सोहन घिमिरेले लेखेका हुन् भने संगीत पनि उनैको छ । दीपेशराज रेग्मी निर्देशित उक्त म्यूजिक भिडियोमा नवीन के क्षेत्री र बिना राईले अभिनय गरेका छन् । बेलायतवासी मेकअप आर्टिष्ट तथा मोडल बिनाको डिमान्ड पछिल्लोपटक हवात्तै बढेको छ ।