लन्डन– बेलायतमा २ अप्रिलमा गुल्मेली नौमती बाजा घन्किने भएको छ । बेलायतस्थित (अंग्रेजी ब्यान्ड) नाथनिएल्सको बाजा प्रस्तुत गरिने भएको हो ।
नेपाल–बेलायतको दौत्य सम्बन्ध संस्थापनाको बिशेष अवसरमा बेईजीङ्गस्टोक स्थित अनभिलमा कार्यक्रम आयोजना गर्न लागिएको हो ।
कार्यक्रमको आकर्षण रहेको गुल्मेली नौमती बाजाको लाईभ धुनमा मनोरंजन लिनु हूँन गुल्मी ज़िल्ला समाज यूकेका संस्थापक अध्यक्ष एवं प्रथम नौमती बाजा यूकेका संयोजक ओम प्रसाद थापाले बताउनु भयो । यसैबिच साँझ ६ बजेदेखि हुने कार्यक्रमका लागि २ पाउण्डको टिकट व्यवस्था गरिएको छ र टिकट गेटमै प्राप्त हुने जानकारी सहित उपस्थितिको लागी आग्रह गर्नु भएको छ ।
नेपाली र ईग्लीस ब्यान्ड जोईन्त कन्सट हुने र प्रथम नौमती बाजा को पहिलो कोसेली तिपीकल मिठो धुन सहिद को एल्बम बेलायत का लागी नेपाल का राजदुत माहामही दुर्गा बहादुर सुबेदी को बाहुल्य बाट बिमोचन को साथ बिभीन्न सास्क्रितीक कार्यक्रम साथै यस दुई ब्यान्ड को एक बर्षसम्म को सहकार्य को बिसय मा तयार पारीयको एक छोटो भिडीयो दकुमेन्तरी फ़िलीम को समेट प्रदर्शन को साथ भर्पुर् नौमती को धुन मा नचाउने तयारी मा भएको थापा ले भन्नु भयो ।







