लन्डन– लामो समयपछि विवाद मिलाएको नेपाली जनसम्पर्क समिति बेलायतको आसन्न एकता अधिवेशनको तयारी सुरु भएको छ ।

बिहीबार साउथ हयारोस्थित गोल्डेनसीप रेष्टुरेन्टमा बसेको अधिवेशन आयोजक समितिको बैठकले आगामी २२ जुलाइमा अधिवेशन गर्न डा. सम्पूर्णानन्द ढुंगानाको संयोजकत्वमा विश्वआदर्श पण्डित, पुरुषोत्तम पौडेल, शेर सुनार, योगेन क्षेत्री, सूर्य तामाङ, केशव भण्डारी सदस्य रहने गरि ७ सदस्यीय निर्वाचन समिति गठन गरेको छ ।
समितिका संयोजक लोक गुरुङको संयोजकत्वमा बसेको बैठकमा संयोजक गुरुङसहित समितिका सदस्यहरु विनोद मोक्तान, चेतनाथ खनाल र विज्ञान प्रसाईं उपस्थित थिए । बैठकले शिवजी श्रेष्ठको संयोजकत्वमा १९ सदस्यीय विधान समिति समेत गठन भएको छ ।
समितिले बेलायतस्थित समस्त कांग्रेसजनहरुलाई एकीकृत भइ आगामी अधिवेशनमा सहभागिता जनाउन आव्हान गरेको छ। नेपाली जनसम्पर्क समिति, बेलायत स्थापना भएको १४ बर्ष पूरा भएको छ ।
समितिको नामावली यस प्रकार छ
निर्वाचन समिति
संयोजक– डा. सम्पूर्णानन्द ढुंगाना सदस्यहरु विश्वआदर्श पण्डित पुरुषोत्तम पौडेल शेर सुनार योगेन क्षेत्री सूर्य तामाङ केशव भण्डारी
विधान मस्यौदा समिति
संयोजक– शिवजी श्रेष्ठ सदस्यहरु विकास देवकोटा युवराज गुरुङ शान्त विनोद लामिछाने श्रीमती कुमारी गुरुङ राजकुमार त्रिपाठी डा. मिन रानाभाट कोपिला सुब्बा तर्कजंग गुरुङ महेश दाहाल केशबहादुर गुरुङ राजकुमार शाक्य हितकाजी गुरुङ सूर्य नेम्वाङ भोजबहादुर गुरुङ नवराज न्यौपाने नारायण आचार्य किरण राई आलेक्स चौहान ।
समिति गठन भएको छ ।






