काभ्रेबाट स्वर्गद्वारी जाँदै गरेको जिप दुर्घटना, ६ जनाको मृत्यु

प्युठान, चैत ११ । प्युठानको स्वर्गद्वारीमा भएको जीप दुर्घटनामा ६ जनाको मृत्यु भएको छ ।

काभ्रेबाट स्वर्गद्वारी जाने क्रममा बा ८ च १५६१ नम्बरको जीप शुक्रबार बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा तीन जना घाइते भएका छन् । स्वर्गद्वारी नजिकै रुमाले भन्ने स्थानबाट करिब १ सय ५० मिटर तल खसेर जीप दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मृतकको सनाखत हुन सकेको छैन । घाइतेहरुको अवस्था पनि गम्भीर रहेको बताइएको छ ।