काठमाडौं– पूर्व सहायक मन्त्री तथा नेपाली कांग्रेसका नेता रामहरि ढुंगेलको आज निधन भएको छ ।
रामेछापका पूर्व सांसद ढुंगेल डिल्लीबजारस्थित आफ्नै कोठामा बिहीबार बिहान मृत भेटिएको बताइएको छ ।
उनी लामो समयदेखि उच्च रक्तचाप र ग्याष्ट्रिकको समस्याबाट ग्रसित थिए ।






