बेलायत कांग्रेसको महाधिवेशन तयारी समिति गठन

go1
लण्डन

नेपाली कांग्रेसमा आस्थावन बेलायतबासी नेपालीहरूको संगठन नेपाली जनसम्पर्क समिति यूकेको लामो समयसम्म अबरूध्द अधिवेशन आगामी जूलाईको अन्तिमतीर हुने भएको छ।

गत आईतवार फेब्रुवरी २६ तारिक लण्डनको हिमालय क्लबमा भएको बेलायती कांग्रेसमा सक्रिय नेताहरू एंव शुभचिन्तकहरूको भेलाले जनसम्पर्क समिति यूकेका तीनै समूहका सभापतिहरू लोक गुरुङ, चेतनाथ खनाल र बिज्ञान प्रसाई नेतृत्वमा रहेका बिभाजित समितिहरूलाई बिघटन गर्ने सहमति गर्दै गरी लोक गुरुङको संयोजकत्वमा चेतनाथ खनाल, बिज्ञान प्रसाई र बिनोद मुक्तान सदस्य रहेको अधिवेशन तयारी समिति गठन गरेको छ।

लामो प्रयासपछि सबैको सहमतिमा गठित सो तयारी समितिले एनपीसीसी यूकेको आगामी जूलाईमा हुने एकताको अधिवेशन गर्न छिटै नै अधिवेशसनको मिति तोक्ने र निर्वाचन समिति,विधान समिति गठन लगायतका अधिवेशन सम्पन्न गर्न आवस्यक सबै प्रक्रिया गर्ने सहमति पनि भेलाले गरेको छ।

एनपीसीसी यूकेका सल्लाहाकार चिरन्जीबी ढकालको पहलमा सम्पन्न सो भेलामा एनपीसीसी यूकेका संस्थापक सभापति डा.पुरूषोत्तम पौडेल,पूर्व सभापति विनोद मुक्तान, सल्लाहाकार विश्व आदर्श पण्डित, लोक गुरुङ, चेतनाथ खनाल, बिज्ञान प्रसाई, युवराज गुरुङ, राजकुमार त्रिपाठी, शेर बहादुर सुनार, विजन भट्ट, हितकाजी गुरुङ, युवराज सिंह, डा.मिन राणाभाट, नारायण आचार्य, ध्रुव ढकाल, प्रवेश केसी, सुर्य नेवांग, आलोक चोहान, केशब भण्डारी, कुशल वस्नेत, खेमराज राणा लगायतको उपस्थिति रहेको थियो ।