- रमेश कँडेल
बेल्जियम– नेपाली व्यवसायी संघ बेल्जियमले साधारणसभाको तयारी गरेको छ ।
साधारणसभासँगै बिमासम्बन्धि अन्तर्क्रिया गर्ने कार्यक्रम तय भएको छ । बेल्जियमको विभिन्न सहरहरुमा हुँदै गरेको बिमा सम्वन्धि यो चरणको एन्त्रोपेनमा हुने अन्तिम अन्तरक्रिया (तालिम) सहित यस संघको बार्षिक साधारण सभा निम्नानुसार हुने भएकोले उपस्थित हुन आयोजकले नेपाली व्यवसायी संघका साधारण सदस्य, भूपू अध्यक्ष, संरक्षक, कार्यसमिति सदस्य तथा बेल्जियमस्थित विभिन्न नेपाली संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि एवं पत्रकारलाई निमन्त्रणा गरिएको छ ।
संघका अध्यक्ष सीपी भट्टका अनुसार फेब्रुअरी २० मा होटल नेसनल एन्त्रोपेनमा कार्यक्रम आयोजना गरिएको छ ।






