३३ किलो सुनकाण्ड : एसएसपी खत्री पक्राउ

काठमाडौं– ३३ किलो सुनकाण्डमा नेपाल प्रहरीका एक उच्च अधिकारी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्यामबहादुर खत्रीलाई आइतबार प्रहरी हेडक्वार्टरबाटै पक्राउ गरेको हो ।

खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूराको टोलीले प्रहरी प्रधान कार्यालयबाट पक्राउ गरेको हो ।

विमानस्थलमा कार्यरत खत्रीलाई सुनकाण्डपछि प्रधान कार्यालयमा तानिएको थियो । सुनकाण्डमा पक्राउ परेकाको बयानका आधारमा तस्करीमा खत्रीको संलग्नता देखिएपछि उनलाई पक्राउ गरिएको ब्यूरोले जनाएको छ ।

यसअघि सुन तस्करलाई सघाएको भनि शंकाको घेरामा रहेका खत्रीलाई प्रहरी हेडक्वार्टरमा सरुवा गरिएको थियो ।

उनलाई पक्राउ पछि केन्द्रीय अनुसन्धान ब्यूरोको कार्यालय महाराजगञ्जमा लगिएको बताइएको छ ।

पुस २१ गते विमानस्थलबाट ३३ किलो सुन पास हुँदा उनी विमानस्थलको सुरक्षा कमाण्ड सम्हाल्ने दोस्रो वरियताका अधिकारी दिए ।

खत्री हालसम्म पक्राउ परेका मध्येका उच्च अधिकारी हुन् ।