दिनभरी संविधान सभामा के भयो ?

काठमाडौ,६ माघ ।  विपक्षी सभासदले गएराति संबिधानसभा बैठक कक्षको कुर्सी तथा माइक तोडफोड तथा सभाध्यक्ष र अन्य नेता माथि आक्रमण गरेको थियो । त्यसपछि स्थगित संविधानसभाको बैठक आज दिउँसो १ बजे बोलाइइएको थियो । निर्धारित समयमै सत्तारुढ दलका शीर्ष नेता तथा सभासद्हरु सभाभवन आइपुगेको भएपनि बैठक भने सुरु हुन सकेको छैन । हामीले संविधानसभाबाट अपडेट गरिरहेका छौं ।

मंगलबार २.०० बजे – संविधानसभाको आजको बैठक दिउँसो १ बजे बोलाइएको भएपनि अझै सुरसार देखिएको छैन । एमाओवादी बाहेकका दलका शीर्ष नेताहरु सभाहल आइसकेका छन् ।

माओवादीलगायतका विपक्षीहरुको सभासद्हरु भने थोरै मात्र देखिएका छन् । आज पास लिएर आउनेहरुलाई प्रवेश दिइएको छैन । मंगलबार बिहान करिव दुई बजेको आसपासमा तोडफोड भएकोले त्यसको मर्मत चलिरहेको बताइएको छ ।

मंगलबार २.३० –  बैठक तोकिएको डेढ घण्टा वितिसकेको छ । तर, सुरु हुने कुनै सुरसार छैन । सभासद्हरु घाम तापेर बसेका छन् । बदाम खाएर बसेका छन् । हिजो पनि दिउँसो १ बजे बोलाइएको बैठक १२ बजेपछि सुरु भएको थियो । त्यही बैठकमा डा. बाबुराम भट्टराईले संवाद समितिको बैठकमा उठेको विषयहरुमा जवाफ दिएका थिए । उनले एक घण्टा भन्दा धेरै बोले पछि प्रस्ताव निर्माण समितिको नामावली सहितको प्रस्ताव पेश गर्ने समय काँग्रेसका प्रमुख सचेतम चिनकाजी श्रेष्ठलाई दिने बित्तिकै विपक्षी सभासद्हरु जाइलागेका थिए ।

मंगलबार २.४५– संविधानसभामा फेरी नारावाजी । एमाओवादी र मधेसी दलका सभासद्हरु फेरी रोष्टम घेराउ गरिरहेका छन् । उनीहरुले नारावाजी गरिरहेका छन् । एमाअाेवादी अध्रयक्ष पुष्रपकमल दाहाल, बाबुराम भट्रराइ, महेन्द्र यादव, उपेन्द्रर यादवलगायतका नेताहरू नारावाजी गरिरहेका छन् ।

कार्यसूची अनुसार अाज नामावलसहितकाे प्रस्ताव समितिकाे प्रस्ताव गर्ने कार्यक्रम थियाे ।

मंगलबार ३.००– करिव १५ मिनेट भएसकेको छ । एमाओवादी, मधेसवादी तथा अन्य जनजाति पार्टीका सभासद्हरु सबै रोष्टक घेराउमै छन् । काँग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठलाई प्रस्ताव पढ्नबाट अवरोध गरिरहेका छन् । आज हिजोको जस्तो तोडफोड भएको भने छैन । सभामुखको चेम्बरमा जान खोजेका सभासदलाई मर्यदा पालकले धकेर तल झारेका छन् । रोष्टक र सत्ता पक्षीय सभासद्हरुलाई मर्यदा पालकहरुले सुरक्षा दिइरहेका छन् । उनीहरु पनि सबै आ–आफ्नो सीटबाट उठेर हेरिरहेका छन् ।

संसद् सचिवालय स्रोतका अनुसार आजको बैठकमा ५० जना मर्यादापालक थप गरिएको छ । संविधानसभा बैठकमा पनि हिजोभन्दा बढी मर्यादापालक परिचालन गरिएको देखिन्छ । विपक्षीहरु हिजोभन्दा बढी संयमित छन् । नाराबाजी चर्को लागिरहेको छ ।

मंगलबार ३.१५– विपक्षी सभासद्हरुले नारावाजी गर्न थालेको अाधा घण्टा वितेको छ । चारै तिर मर्यदा पालकले घेरेका सभासद्हरु रोष्टम घेरेर नारावाजी गरिरहेका छन् । तर, सत्तापक्षीय सभासद्हरु र सभाध्यक्ष सुभाष नेम्वाङ आफ्नै कुर्चीमा बसेर हेरिरहेका छन् ।

एमाओवादी सभासद् उमेश यादवले बैठक सुरु हुनसाथ सिधै रोष्ट्रम चढ्ने प्रयत्न गरेका थिए । गएको राति पनि उनले त्यसै गरेका थिए । सिधै संविधानसभा अध्यक्षको रोष्ट्रमसम्म पुगेका सप्तरी– ३ का सभासद् यादवलाई बाक्लो संख्यामा उपस्थित मर्यादा पालकले रोके भने एमाओवादी र मधेसी सभासद्हरुले नारावाजी गरिरहेका छन् ।

मंगलबार ३.३० – विपक्षी गलाउने रणनीतिमा सभाध्यक्ष

संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्वाङले संविधानसभा बैठकमा नाराबाजी गरिरहेका एमाओवादी नेतृत्वको विपक्षी मोर्चालाई गलाउने रणनीति लिएको देखिन्छ । ४५ मिनेटदेखि विपक्षी सभासदहरु नाराबाजी गरिरहँदा पनि सभाध्यक्ष चुपचाप टुलुटुलु हेरेर बसेका छन् । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराई, फोरम लोकतान्त्रिक अध्यक्ष विजयकुमार गच्छदार, फोरम अध्यक्ष उपेन्द्र यादव, तमलोपा संसदीय दलका नेता सर्वेन्द्रनाथ शुक्ल एकै ठाउँमा उभिएर नाराबाजी गरिरहेका छन् । सत्तापक्षका सभासद् भने चुपचाप आफ्नै ठाउँमा बसिरहेका छन् ।

मंगलबार ३.४५ –

एमाओवादी महाचिव कृष्णबहादुर महराले संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले रुलिङ नगरेसम्म नाराबाजी जारी रहने बताएका छन् ।

नेपाल बन्द समापनलाई सम्बोधन गर्न फोरम लोकतान्त्रिकका नेता जितेन्द्र देवसहित निस्किएका महराले आन्दोलन जारी रहने बताए । ‘प्रतिगमन र यथास्थितिवादीविरुद्धको आन्दोलन जारी रहन्छ,’ उनले सञ्चारकर्मीसित भने, ‘संविधानसभा अध्यक्षले रुलिङ नगरेसम्म नाराबाजी चलिरहन्छ ।’

संविधानसभाको बैठकमा मंगलबार बिहान भएको आक्रमण र तोडफोड सामान्य बताए । ‘जापान, अमेरिका, यूरोपमा पनि यस्तो घटना हुन्छ,’ उनले भने, ‘यो सामान्य हो ।’ नेपाल बन्द समापनमा एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल जाने भनिए पनि उनी गएनन् ।

मंगलबार ४.१० –

बिपक्षी सभासद्हरु नारावाजी गरिरेको एक घण्टा भन्दा लामो समय भयो । सभामुखको तर्फबाट कुनै प्रतिक्रिया आएको छैन । नारावाजी गर्ने नेताहरुको मुख निन्यौरो देखिन थालेको छ । गएको राति निदाउन नपाएका, विहानै बन्द गराउन हिंडेका नेताहरुलाई एक घण्टा भन्दा लामो समयदेखि नारावाजी गर्न दिएपछि थाकेका देखिएका छन् ।

मंगलबार ४.२० –

१०० मिनेट नाराबाजीपछि बैठक स्थगित ।

संविधानसभा बैठक बुधबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ ।

संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङले डेढ घण्टाको नाराबाजी पछि कारबाही सुरु गर्ने बताएका छन् । उनले आसन ग्रहण गर्न विपक्षी सभासदलाई आग्रह गरे ।

मंगलबार ४.३० –

एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल, नेता बाबुराम भट्टराईलगायत शीर्ष नेताहरुसहित सबै विपक्षी सभासद्हरु नारावाजी गर्दै संविधानसभाबाट बाहिरिएका छन् । उनीहरु नारावाजीसहित नयाँ बानेश्वर चोकतर्फ अघि बढेका छन् । आज नेपाल बन्द रहेको छ । प्रहरीले बबरमहलबाट नै प्रदर्शनकारीलाई अघि बढ्न नदिएका कारण बन्द कर्ता त्यहाँ रहेका छन् । नेताहरु त्यतै जाँदै छन् ।

बिजुली बजारमा झडप

नारावाजी गर्दै संविधानसभाबाट बाहिर निस्केका नेता तथा सभासद्हरु देखेपछि बिजुलीबजारमा प्रहरीले रोकेर राखेको प्रदर्शनकारी अघि बढ्न खोज्दा झडप भएको छ । प्रदर्शनकारीलाई प्रहरीले छेक्न खोज्दा झडप भएको हो ।

मंगलबार ४.४० –
सभासदद्वय जनार्दन शर्मा  र रुपा महर्जन घाइते भएका छन् । टाउकोबाट रगत बगिरहेको देखिएको छ । प्रचण्ड र बाबुरामलाई प्रहरीले छेकेर लगेका छन् ।

मंगलबार ४.५० –

प्रदर्शनकारी प्रहरीको अवरोध भन्ला बाहिर रहेका छन् । उनीहरुले अहिले नेताहरुसंगै नारावाजी गरिरहेका छन् । बाबुराम भट्टराई फर्केर त्यही आएका छन् । अरु पनि सभासद् तथा नेताहरु त्यही पुगेका छन् । बन्द समापनको कोणसभा गर्ने भनिएपनि हुन सकेको छैन ।