तेरियाले जितिन् ‘झलक दिखला जाको’ ताज (भिडियो सहित)

नेपालकी तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘झलक दिखला जा’को ट्रफि जितेकी छिन् । बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले यो शो जितेकी हुन् ।

तेरियाले चर्चित रियालिटी शो जितेको समाचार बलिउड लाइफले लेखेको छ । 

तेरियाले यसअघि जी टीभीबाट प्रशारण भएको ‘डान्स इन्डिया डान्स’को उपाधी पनि जितेकी थिइन् । विशेषगरि, तेरियाको चर्को प्रतिस्पर्धा सलमान यूसूफ खानसँग देखिएको थियो । तर, भोटिङको आधारमा तेरियाले उपाधी जितेकको अनलाइनले जनाएको छ । यो शो शनिबार बेलुकी कलर्स च्यानलबाट प्रशारण हुनेछ ।

https://youtu.be/Rq3GdnnOFkY