विपक्षीको विरोधबीच संशोधन प्रस्ताव अघि बढाइयो

काठमाडौं – विपक्षी दलको विरोधकाबीच संविधान संशोधन प्रक्रिया अघि बढाइको छ ।

आइतबार दिउँसो निर्धारित समयभन्दा पौने घण्टा ढिलो गरी सुरु भएको बैठकबाट विपक्षी दलको होहल्ला र नाराबाजीका बीच संविधान संशोधन प्रस्ताव अघि बढाइएको हो ।

कानुन न्याय तथा संसदीय मामिला मन्त्री अजयशंकर नायकले सभामुख ओनसरी घर्तीको अनुमतिमा विपक्षी दलका सांसदको बिरोध र होहल्लाबीच संविधान संशोधन प्रस्ताव प्रस्तुत गरेका हुन् ।

मन्त्री नायकले संसोधन प्रस्ताव प्रस्तुत गरेसँगै संसद बैठक पुस २५ गते १ बजेसम्मका लागि स्थगित भएको छ ।