‘तल्लाघरे लाहुरेकी छोरी’ले के गरिन् ? (भिडियोसहित)

काठमाडौं– ‘तल्लाघरे लाहुरेकी छोरी’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

गंगादत्त गिरीको लय शब्द रहेको उक्त गीतमा सुमधुर आवाजकी धनि देविका केसी र गंगादत्त गिरीको आवाज रहेको छ ।

शंकर बीसी र विनु तामाङ्गको अभिनय रहेको गीतको निर्देशन बीसीले नै गरेका छन् । राजेश घिमिरेको छायांकन रहेको गीतको सम्पादन नविन घर्ति मगरले गरेका छन् ।

सहरमा पुग्दा गाउँलाई बिर्सिने धेरै हुन्छन् तर यस गीतका दृष्य हेर्दा ती गाउँका कुना कन्दराको याद आउँछ । गाउँका घरको याद आउँछ । तल्ले घरे, माथिल्लो घरे, गैरा घरे, डाडाँ घरे लगायतका शब्दले मनमा हमला गर्छन् ।