वेलायतमा कुटपिट गरेको अभियोगमा एक नेपाली पक्राउ

naलण्डन । वेलायत स्थित स्विन्डनमा आफ्नै श्रीमतीको ज्यान मार्ने उद्योग गरेको अभियोगमा एक नेपालीलाई प्रहरीले हिरासतमा लिएको छ। दाङ्, घोराही घर भई हाल स्विन्डन ब्याड्बुरी पार्कमा घर किनेर बसोबास गरिरहेका ४१ बर्षिय बिकाश गुरुङलाई आफ्नै श्रीमती ३६ बर्षिय कामना गुरुङलाई गत २९ डिसेम्बरमा बिहिवारका दिन आफ्नै निवासमा कुटपिट गरि ज्यान मार्ने उद्योग गरेको अभियोगमा विल्ट्शायर प्रहरीले पक्राउ गरी स्विन्डन क्राउन कोर्टमा मुद्दा दायर गरेको अनलाईनसमाचार पोर्टल thisiswiltshire.co.uk ले जनाएको छ।

प्रहरी अधिकारीका अनुसार पिडित महिलालाई गंभीररुपमा टाउको, अनुहार र हातहरुमा चोटहरु लागेको अबस्थामा उद्दार गरी उपचारको लागी स्विन्डनको ग्रेट वेस्टर्न हस्पिटल लगिएकोमा तेहाँ उपचार हुन नसकि ब्रिस्टोल स्थित साउथमिड हस्पिटलमा रिफर गरि उपचार गरिरहेकोछ। विल्टशायर प्रहरी प्रवक्ताले भन्यो, “पिडितको स्वास्थ्यस्थिती अत्यन्त नाजुक र स्थिर रहेको छ।” बिल्टशायर प्रहरीले उक्त घट्नाका प्रत्यक्षदर्शी कोहि भए अनुसन्धानकालागी प्रहरीलाई खबर गरी सहयोग गर्न अनुरोध गरेको छ।