एनबिसी यूकेको सी साइड भ्रमणमा रमाए ३१५ नेपाली

लण्डन—नेप्लिज ब्रिटिश कम्युनिटी (एनबिसी) यूकेले आफ्नो वार्षिक “ समुद्र भ्रमण सम्पन्न गरेको छ । एनबिसी युकेले यो बर्ष २०२६ को सी साइड ३१५ नेपाली परिवार सहभागी भएर Sandbanks, Poole” समुद्र भ्रमण गरेको हो

शनिवार साउथ ह्यारो र स्लाउबाट न्यू भारतका ५ वटा कोच चढेर ८ बजे संगीतिक प्रस्तुति सहित समुन्द्र तर्फ प्रस्थान गरेका थिए।कोच ब्यबस्थापनमा A समिरनाथ प्याकुरेल, B-बसन्त नेपाल,C-प्रकाश न्यौपाने, D-खेम राज जोशी,भान चन्द E-श्याम कृष्ण कोइराला रहेका थिए।

कम्युनिटीका कोअर्डिनेटर समिरनाथ प्याकुरेलका अनुसार यस प्रकारका कार्यक्रमहरूले नेपाली समुदायबीच एकता अभिवृद्धि गर्नुका साथै नयाँ पुस्तालाई नेपाली संस्कृति र पहिचानसँग जोड्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।कार्यक्रममा समुद्र भ्रमणका सहभागीबाट संकलन रकमले नेपाली समुदायको हितका लागि खर्च गरिने संस्थाका कोषाध्यक्ष खेमराज जोशीले जानकारी दिए ।

सचिब दामोदर आचार्य का अनुसार सी साइड ट्रिपमा कोचमा यात्राका क्रममा समेत विभिन्न मनोरञ्जन कार्यक्रमहरु नाचगान, मुक्तक, चुटकिला, कविता, तथा अन्य कार्यक्रमहरुका साथसाथै समुद्री किनारमा पनि नाचगान तथा मनोरन्जनात्मक कार्यक्रमहरु गरिएको थियो।

बेलायतमा बसोबास गर्ने नेपालीहरूलाई एकै स्थानमा भेला गराई पारिवारिक वातावरणमा मनोरञ्जन तथा आपसी सम्बन्ध सुदृढ गर्ने उद्देश्यले एनबिसी यूकेले विगत १४ वर्षदेखि निरन्तर रूपमा यस्ता समुद्री तथा सांस्कृतिक भ्रमणहरू आयोजना गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *