इटहरी, ९ पुस । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले देशलाई खण्डित पार्ने गरी संसद्मा पेस गरिएको संविधान संशोधन प्रस्ताव कुनै पनि हालतमा पारित हुन नदिने दाबी गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल नगरसमिति धरान र एमाले प्रचार विभागले गरेको पत्रकार भेटघाटका क्रममा उहाँले संविधान संशोधनको प्रस्ताव राष्ट्रलाई विखण्डन गर्ने भएकाले त्यो एमालेका लागि मान्य नहुने दाबी गर्दै पारित हुन नदिने ठोकुवा गर्नुभयो ।
संविधान संशोधनभन्दा पनि अहिले कार्यान्वयन गरेर अघि बढ्दै निर्वाचनउन्मुख हुनका लागि सत्ता पक्षलाई आग्रहसमेत गर्नुभयो । कार्यक्रममा सांसद् कृष्णकुमार राईलगायतको पनि सहभागिता रहेको थियो ।






