काठमाडौं- चिकित्सा शिक्षा ऐन नबन्दासम्म नयाँ कलेजलाई सम्बन्धन दिन नहुनेलगायत माग राखेर डा. गोविन्द केसी अनशनमै रहँदा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको दबाबमा झापाको एक मेडिकल कलेजलाई सम्बन्ध दिने प्रक्रिया अगाडि बढाइएको पाइएको छ ।
केसीसँग सम्झौता भएको तेस्रो दिन मेडिकल काउन्सिलले माओवादी केन्द्रनिकट सञ्चालक रहेको बिएन्सी मेडिकल कलेजलाई सम्बन्धनको बाटो खुला गरिदिएपछि यो तथ्य बाहिर आएको छ ।
२०७२ आसेज १ को मन्त्रिपरिषद निर्णय र प्रधानमन्त्री भएपछि गरेको वाचा कुल्चेर प्रचण्डले काउन्सिललाई सम्बन्धन दिन दबाव बढाएका हुन् । उनकै दवाबमा काउसिन्सले मंगलबार सम्बन्धन दिने बाटो खोलिदिएको हो ।






