एनआरएन यूकेको चौथो काउन्सिल बैठक सम्पन्न (भिडियोसहित)

लन्डन । गैरआवासीय नेपाली सँघ यूकेको चौथो काउन्सिल बैठक सम्पन्न भएको छ । आइतवार अल्डरशटस्थित एम्पायर हाउसमा सम्पन्न बैठकले १० बुद्धे अल्टशट घोषणपत्र जारी गरेको छ । १ सय भन्दा बढी संघसँस्थाको उपस्थित रहेको सो बैठकको उद्धघाटन बेलायतका लागि कार्यवाहक राजदूत शरदराज आरन, गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, यूरोप संयोजक कुल आचार्यले संयुक्त रुपमा गरेका थिए ।patra

कार्यक्रममा गैरआवासीय नेपाली सँघका उपाध्यक्ष कुमार पन्त, एनआरएन यूकेका पूर्वअध्यक्षहरु सूर्य गुरुङ, महेन्द्र कंडेल, योगेन क्षेत्री, गैरआवासीय नेपाली सँघका सल्लाहकारहरु विश्वआर्दश पण्डित, डमर घले लगायतले शुभकामना मन्तब्य दिए ।l3

बैठकमा एनआरएन यूकेका काेषाध्यक्ष दीपक श्रेष्ठले आर्थिक प्रतिवेदन र महासचि विजय लिम्बूले वार्षिक तथा सांगठानिक प्रतिवेदन पेश गरेका थिए । राजेश पाठकले नेपाल हाउस सम्बन्धी अवधारण प्रस्तुत गरे । अध्यक्ष मुछेत्र गुरुङको अध्यक्षतमा सम्पन्न कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा उपाध्यक्ष दासु पाण्डेले गरेका थिए ।

पछिल्लो चरणमा सचिव फणिन्द्र भट्टराईले सञ्चालन गरेको खुला छलफल सेसनमा विभिन्न शिर्षकमा सहभागीले आ आफ्ना धारणा राखे ।

कार्यक्रमको अन्त्यमा जारी घोषणा पत्रमा दोहोरो नागरिकता, पुर्नरनिमार्ण, विधानसंसोधन, भूपू गोर्खा महिला तथा नेपालमा लगानीका बिषय समेटिएको छ । बैठकले मिस यूके नेपाल तनिसा रानालाई एनआरएन यूकेको गुडवील एम्बास्डर नियूक्त गर्ने निर्णय समेत गरेका छ ।jiv


घोषणापत्रको पूर्णपाठ

गैर आवासीय नेपाली संघ बेलायत संघ संस्था प्रतिनिधी सभा २०१६

गैर आवासीय नेपाली संघ बेलायतको संसोधित बिधान २०१५ को मर्म र परिकल्पना अनुरुप बेलायतमा स्थापना भएर नेपाल र नेपाली समुदायको सेवामा सक्रिय रुपमा कृयाशील रहेका बिभिन्न संघ संस्थाहरुका प्रतिनिधी हरुको उपस्थितीमा ‘गैर आवासीय नेपाली संघ बेलायत -संघ संस्था प्रतिनिधी सभा २०१६’ बेलायत अल्डरसट स्थित एम्पायर हलको सभा कक्षमा लन्डन घोषणा पत्र जारी गर्दै भब्य रुपमा सम्पन्न भयो ।
गैर आवासीय नेपाली संघ बेलायतको निमन्त्रणामा संयुक्त अधिराज्य बेलायतमा स्थापित भएर सक्रिय रहेका १०० भन्दा नेपाली संघ संस्था का प्रतिनिधी हरु गैर आवासीय नेपाली संघ बेलायत र संघ संस्था बीच एकता र भातृत्वको भावना अभिवृद्दी गर्दै नेपाल तथा नेपालीको हित हुने कार्यमा अधिकतम योगदानको उपयोग तथा कार्य सम्पादनमा प्रभावकारिता अभिवृद्दी गर्ने बुँदाहरुमा केन्द्रित हुँदै घनिभूत छलफलमा सहभागी भए ।
गैर आवासीय नेपाली संघले अंगालेको विश्वव्यापी बृहत्तर अभियान, यसका प्राप्ति तथा बेलायतमा भए गरेका र गर्न सक्ने सम्भावित कार्य क्षेत्र अन्तर्गत सहभागी हरुलाई निष्कर्सात्मक छलफलका लागी दिईएका समसामयीक बुंदाहरु माथी आएका सुझाव हरुको आशयलाई लिपिवद्द गर्दै गैर आवासीय नेपालि संघ बेलायत द्वारा निम्न लिखित घोषणा पत्र जारी गरिएको छ ।

गैर आवासीय नेपाली संघ बेलायत संघ संस्था प्रतिनिधी सभा २०१६ लन्डन घोषणापत्र

१. गैर आवासीय नेपालीहरु लाई आर्थिक , सामाजिक तथा सांस्कृतिक अधिकार सहितको गैर आवासीय नेपाली नागरिकता प्रदान गर्ने प्रावधान नेपालको नयाँ संबिधानमा व्यवस्था भएकोमा खुशी व्यक्त गर्दै एक पटकको नेपाली सधैको नेपाली भन्ने नाराको मूल मर्म अनुरुप कुनै संकुचन बिना बंशजकै आधारमा सम्पूर्ण अधिकार सहितको नेपाली नागरिकता प्रदान गर्ने व्यवस्था गर्ने तर्फको परामर्श थालियोस भन्ने माग गर्दछ ।

साथै संबिधान कार्यान्वयनको लागी आवस्यक पर्ने बिभिन्न ऐन तथा नियम हरुको निर्माण कार्यमा गैर आवासीय नेपाली संघको परामर्श लिदै नागरिकता सवालमा गैर आवासीय नेपालीहरुको भावना र मर्म लाई समेट्दै सिमितता बिनाको सहज प्रावधान हरुको व्यवस्था होस भन्ने कुरामा समेत गैर आवासीय नेपाली संघ बेलायत जोडदार माग गर्दछ ।
साथै नागरिकता निरन्तरताको बिषयमा गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्णयमा हुने अभियान हरुमा बेलायतका नेपाली हरुको तर्फ बाट यहाँ स्थित नेपाली संघ संस्थाहरु संग समन्वय गर्दै गैर आवासीय नेपाली संघ बेलायत अग्रसर बन्न कुरा समेत यस अवसरमा जानकारी गराउदछौ ।

२. गत वर्षको विनासकारी भूकम्प पश्चातको पुनरर्निमाणको यथाशिघ्र सम्पन्नताको कामना गर्दै गैर आवासीय नेपाली संघले नेपालमा शुरु गरेको पुनर्निर्माण अभियानमा बेलायतमा रहेका संघ संस्था हरुको विगतमा जस्तै सदैव सहयोग रहने प्रतिवद्दता व्यक्त गर्दछ । साथै गैर आवासीय नेपाली संघको अग्रसरतामा नेपालमा भूकम्प पिडीत हरुको पुनर्वासको निम्ती एक हजार घर निर्माण गर्ने अभियान लाई सफल तुल्याउन नेपाल सरकारले हर तवरले खेल्नु पर्ने सहयोगी भूमिका निभाओस भन्ने आग्रह गर्दछौ ।

३ . बेलायतमा सम्पूर्ण नेपालीहरुको साझा पहिचानको रुपमा स्थापित हुने गरी गैर आवासीय नेपाली संघ बेलायतले शुरु गरेको नेपाल हाउस निर्माण अभियानमा बेलायतका नेपाली संघ संस्थाहरुको पूर्ण सहयोग र सहकार्य रहने प्रतिवद्दता आजको सभाले व्यक्त गरे अनुरुप बेलायतमा हाम्रो भविष्यको नेपाली एकता र गौरवको अधारको रुपमा रहने यो नेपाल हाउस परियोजनालाई सफल तुल्याउन सबैले आ आफ्नो तर्फ बाट सक्दो सहयोग गर्नु हुन समेत बेलायतका सम्पूर्ण नेपाली संघ संस्था तथा जन मानसमा गैर आवासीय नेपाली संघ बेलायत सादर अनुरोध गर्दछ ।

४ . बेलायतमा रहेका सम्पूर्ण नेपाली संघ संस्था हरु मार्फत गैर आवासीय नेपाली संघ बेलायत आम नेपाली जन मानस समक्ष पुग्नको लागी यथाशिघ्र पहलकदमी शुरु गर्ने प्रतिवद्दता व्यक्त गर्दै गैर आवासीय नेपाली संघ बेलायतको संसोधित बिधानको मर्म अनुरुप क्षेत्रीय अवाधरणाको मोडालिटीमा टेक्दै संयुक्त अधिराज्य बेलायतमा नेपाली हरुको बाक्लो वस्ती रहेका स्थानहरुमा शाखा विस्तार गर्दै संस्थाको आम दायरा फराकिलो बनाउने कार्य माथिको प्रयास शुरु गरिने जानकारी समेत गैर आवासीय नेपाली संघ बेलायत यस अवसरमा उल्लेख गर्न चाहन्छ ।

५. बेलायत लगायत विदेशमा रहेका गैर आवासीय नेपालीहरु छुट्टी विदा मनाउन तथा व्यावसायिक प्रयोजनको लागी नेपाल जाने अवस्थामा नेपालमा रहेको अध्यागमन तथा भन्सार बिभागमा देखा परेका कठिनाई हरुलाई तुरुन्त सम्बोधन गर्न जोडदार माग गर्दछौ । साथै नेपाल सरकारले व्यक्तिगत प्रयोजनको लागी लैजाने सामग्री तथा गरगहनाको संख्या सिमाको कटौती गर्ने उद्देश्यले हालै ल्याएको कानुनी प्रावधानको पुनरावलोकन गर्न समेत माग गर्दछौ ।

६. संसारमा वीर गोर्खालीको पहिचान कमाएका नेपाली हरु प्रति बेलायत सरकारको विभेदकारी नितीको भ्रत्सना गर्दै उनीहरुलाई बेलायती समकक्षी सरहको सेवा सुविधा प्रदान गराउने कार्यमा बिभिन्न गोर्खा संगठन, नेपाल सरकार र बेलायत सरकारको ध्यानाकर्षण गराउदै आवस्यकता अनुरुप समन्वय गर्ने कार्यमा अग्रसरता लिने जानकारी गैर आवासीय नेपाली संघ बेलायत यस अवसरमा प्रदान गर्दछ । साथै सेवा निर्व्रित्त बिशेषत वृद्द गोर्खा सैनिक हरुको सामुदायिक वेलफेयरमा समेत गैर आवासीय नेपाली संघ बेलायतले आगामी दिनमा भूमिका खेल्दै जाने प्रतिवद्दता ब्यक्त गर्दछौ ।

७. बेलायतमा रहेका नेपाली हरुको नयाँ पुस्ता तथा आम महिलाहरु लाई संघको अवद्दतामा ल्याउनको लागी संघको मातहतमा पुर्व गठित युवा तथा महिला फोरम लाई सकृय र प्रभावकारी तुल्याउदै यस सम्वद्द बिभिन्न कार्यक्रम हरुको आयोजना मार्फत युवा तथा महिला प्रभावकारिता लाई ब्यापक रुपमा परिचालन गर्ने प्रतिवद्दता व्यक्त गर्दछौ ।

८. गैर आवासीय नेपाली हरु प्रति नेपालमा लगानी मैत्री वातावरणको सृजनामा जोड दिदै बेलायतमा रहेका नेपाली हरु लाई सामुहिक तथा एकल लगानीको लागी ठोस कार्ययोजना ल्याउने निती अवलम्बन गर्दै त्यसको व्यवहारिक कार्यान्वयन तर्फ गैर आवासीय नेपाली संघ बेलायत उन्मुख बन्नेछ भन्ने प्रतिवद्दता समेत व्यक्त गर्दछौ ।

९. गैरआवासीय नेपालीले विदेशमा आर्जन गरेको ज्ञान सिप र दक्षता नेपालको विकासमा समाहित गर्नको लागी संघका विभिन्न प्राविधिक र पेशागत शाखाहरुको स्थापना र परिचालन मार्फत देश विकासमा टेवा पुर्याउन गैर आवासीय नेपाली संघ बेलायतले अग्रणी भूमिका निभाउन संघको क्रियाशीलता लाई अगाडी बढाईने छ ।

१०. गैरआवासीय नेपाली संघ बेलायतले आयोजना गरेको संघ संस्था प्रतिनिधी सभामा सकृय सहभागिता जनाएर आ आफ्नो तर्फ बाट अमुल्य बिचार , सहयोग र सल्लाह पुर्याउनु हुने अतिथी , प्रतिनिधी , सल्लाहकार , लगायत सम्पूर्णमा गैर आवासीय नेपाली संघ बेलायत हार्दिक आभार व्यक्त गर्दछ ।

धन्यवाद !
संघ संस्था प्रतिनिधी सभा २०१६
गैर आवासीय नेपाली संघ बेलायत

बोधार्थ :
गैर आवासीय नेपालि संघ , अन्तर्राष्ट्रिय समन्यव परिषद
नेपाल सरकार , परराष्ट्र मन्त्रालय

नोट टिपोट : १ कृष्ण भट्टराई
२ बाचस्पती रेग्मी
३ केसव भण्डारी
घोषणपत्र ड्राफ : फडिन्द्र भट्टराई