काठमाडौं– सरकारले भारत र चीनका लागि राजदूत सिफारिस गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले भारतका लागि दिपकुमार उपाध्याय र चीनका लागि लिलामणि पौडेल राजदूतमा सिफारिस गर्ने निर्णय गरिएको सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले बताए।
सिफारिसमा परेका पौडेल नेपाल सरकारका पूर्व मुख्य सचिव हुन भने उपाध्याय ओली सरकारले फिर्ता बोलाएका तात्कालिन भारतीय राजदूत हुन्।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले डा. मिनबहादुर श्रेष्ठलाई योजना आयोगको उपाध्यक्षमा नियुक्त गरेको छ।
बैठकले प्रधानमन्त्रीको आर्थिक सल्लाहकारमा डा. श्रीराम पौडेल र परराष्ट्र्र सल्लाहकारमा डा. ऋषि अधिकारीलाई नियुक्त गरेको बैठकपछि सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री राम कार्कीले जानकारी दिएका छन् ।






