दूतावासमा बेलायतवासी नेपाली महिलाले मनाए तीज (भिडियो सहित)

लन्डन– तीजको दर खाने र ब्रत बस्ने दिन आउन त केही दिन बाँकी नै छ । तर, देशविदेशमा रहेका नेपाली महिलालाई हप्तौं अघिदेखि नै तीजको माहौलले समाएको छ ।

शनिबार लन्डनस्थित नेपाली दूतावास पनि तीजमय भयो । डेढ सयभन्दा बढी महिलाहरुले झण्डै ६ घण्टा नाचगानमा रमाए ।nepali embassy 2016 063

नेपाली दूतावास र नेपलिज वुमन एसोसिएसन यूकेले संयुक्त रुपमा आयोजना गरेको तीज कार्यक्रममा महिलाहरु सातो सारी र चोलो लगाएर छमछम नाचेका थिए । कार्यक्रममा कार्यवहाक राजदूत शरदराज आरन र नेपलिज वुमन एसोसिएसन यूके अध्यक्ष आरती श्रेष्ठले संक्षिप्त मन्तव्य राख्दै महिलाहरुको महान पर्व तीजको शुभकामना दिए । यसबाहेक अरु औपचारिक कार्यक्रम भएन ।nepali embassy 2016 106

कार्यक्रममा प्रसुना कँडेल, प्रतिष्ठा त्रिपाठी, सुस्मिता थापाले एकल र महिलाहरुको समूहले तीज गीतमा नाचगान गरे । सहभागीलाई दर र पेय पदार्थको समेत व्यवस्था थियो । दूतावास र एसोसिएसनले नै सेलरोटी, खीर, गोलभेंडाको अचार, खशीको मासु आदि नेपाली टिपिकल खाना व्यवस्था गरेका थिए । उक्त अवसरमा राफल चिट्ठा पनि खेलाइएको थियो ।

कार्यक्रममा सैनिक सहचारी कर्णेल प्रदीपजंग केसी, थर्ड सेक्रेटरी भूपेन्द्र प्रसाद घिमिरे, अट्याची तेजेन्द्र रेग्मी लगायत दूतावास कर्मचारीको पनि सहभागिता थियो । सपन इन्टरटेन्मेन्ट लि.का सपनकुमार राईको डिजे र गीत संगीतमा महिलाहरु मध्यान्ह १२ देखि साँझ ६ बजेसम्म रमाएका थिए ।nepali embassy 2016 140nepali embassy 2016 145

शिव भण्डारी