एनआरएन यूके महिला फोरमद्वारा सर्लाहीको बालगृहलाई १० लाख ८७ हजारको सहयोग हस्तान्तरण

g21लन्डन- गैरआवासीय नेपाली संघ बेलायतको महिला फोरमले सर्लाहीको हरिवनस्थित चेतना बालगृहलाई सहयोग हस्तान्तरण गरेको छ।

द्वन्द्वपीडित बालकालिकाको सहयोगार्थ १०६ औं अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा गत ५ मार्च तारिखका दिन महिला फोरमले बेलायतको अल्डरसटस्थित किङस् सेन्टरमा च्यारिटी सम्पन्न गरेको थियो। सो कार्यक्रमबाट उठेको रकम  बुधबार एक समारोहबीच संस्थाका पदाधिकारीलाई हस्तान्तरण गरेका हुन्।

उक्त बालगृहमा एक समारोहबीच एनआरएन महिला फोरम यूकेकी संयोजक सुशीला राई,सह संयोजक इशा गुरूङ, एनआरएनए आईसीसी सदस्य सुष्मा राई, एनआरएनए युके प्रवक्ता खुशी लिम्बू, लगायतले चेतनागृहलाई १० लाख सतासी हजारको चेक हस्तान्तर गरेका हुन्।

कार्यक्रममा आफूहरु प्रवासमा रहे पनि नेपालमा हुने मानवीय सहयोगका कार्यक्रममा एनआरएन महिला फोरम यूकेको सहयोग जारी रहने बताए । nari

उक्त च्यारिटीमा कार्यक्रमको अबसरमा लिएको तस्बिर :