अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको योगा सिविर भब्य: सम्पन्न

yoga5लन्डन,

अन्तरास्ट्रिय नेपाली समाज युकेले बाडीपिडितको सहयोगार्थ १ दिने योगा सिविर डा योगी बिकशानन्द मार्फत सम्पन्न गरेको छ । लन्डनको फ़ेल्थेम कम्युनिटी कलेजको सभाहलमा आइतबार सम्पन्न कार्यक्रममा बेलायतका लागि नेपालका कार्यबाहक राजदुत श्री सरदराज आरनको आथित्यमा सम्पन्न भएको थियो ।  बेलायतको नेपाली समाजमा सकारात्मक उर्जा साथै बिसुद्ध च्यारिटीको भावनाले गरिएको  कार्यक्रममा नेपाली समुदायको उल्लेख्य उपस्थिति रहेको थियो ।

अन्तर्राष्ट्रिय नेपाली समाज यूकेको आयोजनामा भएको कार्यक्रममा योगगुरुले मानव जीवनलाई कसरी खुसी राख्ने भन्ने विषयमा प्रवचन तथा विभिन्न आसनमा योगा गर्न सिकाए ।yoga4

अन्तर्राष्ट्रिय नेपाली समाज यूकेका संयोजक भोला खनालले कार्यक्रममा उपस्थित अतिथिलाई स्वागत गर्दै समाजले समृद्ध नेपाल बनाउने परिकल्पना गर्दै विभिन्न परोपकारी काम गर्दै आएको बताए । कार्यक्रममा व्यवसायी पशुपति भण्डारी, कृष्ण भट्ट, कानुन व्यवसायी कमल कँडेल, नेपाली दूतावास लन्डनका एट्याची तेजेन्द्र रेग्मीलगायतको उपस्थिति थियो ।

कार्यक्रम सफलपार्न महत्वपुर्ण  भूमिका निभाउने सुरोज  मास्के , हेम गुरुङ ,पाण्डव महतो , बिरेन्द्र श्रेष्ठ ,जगन कार्की , धन गुरुङ,भोला खनाल , शकुन्तला गुरुङ , पुस्प उप्रेती , रुद्र श्रेष्ठ ,  रुद्र ढकाल ,गणेश अधिकारी , सव तिमल्सिना , श्रीराज कार्की , नबिना गुरुङ लगायत कार्यसमितिका सम्पूर्ण पदाधिकारी , उपस्थित सम्पूर्ण महानुभावहरु र आर्थिक तथा विभिन्न रुपमा सहयोग गर्ने सबैमा INS-UK ले  धन्यबाद ब्यक्त गरेको  छ । कार्यक्रमबाट संकलित रकम नेपालका बाढीपीडितलाई सहयोगार्थ खर्चिने आयोजकले जनाएको छ । yoga3

कार्यक्रम पछि बसेको अन्तरास्ट्रिय नेपाली समाजको बैठकले हालसम्मका गतिविधिहरुको समिक्षा गर्दै  विभिन्न निर्णयहरु गरेको छ ।
– प्रवक्ता जगन कार्कीलाइ महासचिवको जिम्मेवारी  र पाण्डव महतोलाइ सचिवको जिम्मेवारी दिने ।

-आगामी  नोभेम्बर महिनामा अधिबेसन गरिने, मिति छलफल र परिस्थिती हेरेर तोकिने

-१३ सदस्सिय सचिवालय गठन

सचिवालयमा
संयोजक -१
सहसंयोजकहरु -३
प्रवास प्रदेश सल्लाहकार -१
संगठन बिभाग प्रमुख -१
महिला बिभाग -१
आर्थिक बिभाग प्रमुख -१
महासचिब -१
सचिब -१
व्यपार भिभाग – १
युवा संयोजक -१
मिडिया  कोअर्डिनेटर -१

– बिधान निर्माणको लागि समिति गठन
सहसंयोजक तथा प्रवास प्रदेश समिति सदस्य कर्म पहाडीको नेतृत्वमा ५  सदस्सिय  बिधान कमिटि निर्माण
१.कर्म पहाडी
२. पुस्प उप्रेती
३. रुद्र श्रेष्ठ
४. प्रकाश शर्मा
५. रेशम थापा

– प्रवाश प्रदेसमा ३ जना प्रतिनिधि थप गर्नेबारे भएको छलफलमा निम्न ३ जनाको नाम सिफिरिस गर्ने निर्णय भएको छ ।
१. हेम गुरुङ
२. रेशम थापा
३. रुद्र श्रेष्ठ
कार्यक्रममा आर्थिक संयोजक कृष्ण  गैरेले हालसम्मको आर्थिक विवरण पेस  गरेका थिए  भने INS-UK को कार्य समितिलाई नयशाक्ति नेपालका केन्द्रिय सल्लाहकार डा योगी बिकशानन्दले प्रतक्ष प्रशिक्षण दिनुभएको कुरा महासचिब जगन कार्कीले बताए ।