रु दुई लाख अनुदानले घर बन्दैन: डा भटराई

uf]/vf k'gMlgdf{0fM ;Defjgf / r'gf}tL gofF zlQm kf6L{sf ;+of]hs 8f afa'/fd e§/fO{ uf]/vf ;b/d'sfddf dªunaf/ cfof]lht …uf]/vf k'gMlgdf{0fM ;Defjgf / r'gf}tLÚ ljifosf] cGtlqm{ofdf af]Nb} . tl:a/ M k|zGg kf]v/]n, uf]/vf, /f;;

गोरखा- गोरखाको बारपाकलाई केन्द्र बनाएर भूकम्प गएको १५ महिना हुँदा पनि पुनःनिर्माणको काम सुरु नभएकामा नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले सरकार र प्राधिकरणप्रति असन्तुष्टि जनाउनुभएको छ ।

‘गोरखा पुनःनिर्माणः सम्भावना र चुनौती’ विषयको अन्तक्र्रियामा भट्टराईले भूकम्पपीडितलाई घर बनाउने प्रयोजनका लागि रु दुई लाख रुपैयाँको सट्टा रु पाँच लाखका दरले अनुदान रकम वितरण गर्नुपर्नेमा जोड दिनुभयो ।

“पचास थरिका सर्त राखेर दिएको दुई लाख अनुदानले घर बन्दैन” सदरमुकाममा आज भएको कार्यक्रममा भट्टराईले भन्नुभयो, रु “पाँच लाखका दरले अनुदान दिने र न्यूनतम ब्याजमा ऋण दिने व्यवस्था गरियो भने मात्रै भूकम्पपीडितले भूकम्पप्रतिरोधी घर बनाउँछन् । सरकारले रु ५० हजारका दरले किस्ताबन्दीमा दिएको राहतले घर बनाउने सामग्री ढुवानी गर्न र जगखन्न पनि पुग्दैन ।”
संसद्बाट अधिकारसम्पन्न प्राधिकरण बनाउन सरकारलाई भट्टराईको सुझाव छ ।