नेविसंघ विवाद मिल्यो

nsu nepalकाठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघमा देखिएको विवाद समाधान भएको छ ।

नेपाली कांग्रेसले गठन गरेको निर्देशक समितिले मंगलबार राति अबेर सम्म गृहकार्य गरेर सवै विवाद समाधान गरेको निर्देशक समितिका सदस्य प्रदिप पौडेलले जानकारी दिए । नेविसंघको विवाद समाधान भएसँगै आजबाट बन्द सत्र सुरुहुने अनुमान गरिएको छ ।

विवाद मिलेपछि बुधबारबाट भृकुटीमण्डपमा बन्द सत्र सुरु गर्ने नेविसंघले तयारी गरेको छ । त्यसछि पार्टी कार्यालय सानेपाबाट प्रतिनिधिहरुको परिचय पत्र वितरण गरिने छ ।