सप्तकोसीमा पानीको बहाव बढ्यो, भारतले बाँध नखोल्दा खतरा

saptakoshiसुनसरी, साउन ८ । लगातारको बर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव बढेको छ । नदीमा पानीको बहाव बढेर पूलसम्म पुग्दा समेत भारतले बांध नखोल्दा बाढीले आसपासका गाउं विकास समितिमा कटान सुरु गरेको छ ।

अहिले सप्तकोसीका ५६ मध्ये २२ वटा मात्र ढोका खोलिएका छन् । सप्तकोशीमा आज पानीको बहाव बढेर २ लाख १० हजार ३५ क्यूसेक प्रती सेकेन्ड पुगेको छ ।

नदीमा प्रतिसेकेण्ड १ लाख ५० हजार क्युसेक पानी नाघेपछि खतरा मानिँदै आएको छ । पानीको बहाव बढेसंगै उदयपुर, सुनसरी र सप्तरीका डेढ दर्जन बासिन्दाहरु बाढीको उच्च जोखिममा परेका छन् ।