साथीबीचको झगडामा घाइतेको मृत्यु

death bodyखोटाङ, ७ साउन । साथी–साथीबीचको आपसी झगडामा गम्भीर घाइते बनेका बुइपा–६ का २७ वर्षीय मनिकुमार राईको उपचारको क्रममा मृत्यु भएको छ ।

नुनथला–१ का ३३ वर्षीय भक्तबहादुर राईसँग झगडा हुँदा गम्भीर घाइते बनेका राईको बिहीबार साँझ उपचारको क्रममा मृत्यु भएको हो ।

साउन ५ गते बुधबार साँझ नुनथलामै भएको झगडामा गम्भीर घाइते बनेका राईको भक्तबहादुरकै घरमा राखेर उपचार गर्ने क्रममा मृत्यु भएको स्थानीयले बताएका छन् ।

झगडामा गम्भीर घाइते बनेका राईलाई स्वास्थ्य संस्थामा नलगी घरैमा उपचार गराएकाले मृत्यु भएको खुलेको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो ।