लन्डन- बेलायतमा रहेका नेपालीहरुले नेपालको सुनसरीस्थित दृष्टिविहीनहरुको लागि ब्रेल कम्प्युटरको लागि सहयोग पठाएका छन् ।
बेलायतमा रहेका पूर्व डीएसपी शिवजी श्रेष्ठको पहलमा ब्रेल कम्प्युटरको लागि सहयोग पठाइएको हो । दृष्टिबिहीनहरुलाई कम्प्युटर व्यवस्थापन सहयोग कार्यक्रमको संयोजन गरिरहेका निश्चलमोहन पालिखेका अनुसार दृष्टिविहीनहरुलाइृ प्राविधिक ज्ञान दिलाई सबलाङ्ग जस्तै इन्टरनेट र सामाजिक सञ्जालमा उनीहरुको पहुँचलाई सरलीकरण गर्न डाइनामिक ब्रुना यु एसद्वारा २ थान ब्रेल कम्युटर सफ्टवेयर उपलब्ध गराइएको छ । थप ६ थान कम्प्युटर आवश्यक परेको पालिखेले जानकारी दिए ।
धरानलाई केन्द्र बनाएर सञ्चालित सुनसरी नेत्रहीन संघले दृष्टिविहीनहरुलाई आफ्नो हक,हित र अधिकारको बारेमा सुचिकृत गराउने, आय-आर्जनको लागि विभिन्न किसिमका सिपमुलक तालिम दिने तथा सम्मानजनक जीवनयापन गर्न सक्षम गराउने कार्यमा लागिपरेको संस्थाको लागि सहयोग गर्न पाउँदा खुसी भएको सहयोगदातामध्येकी एक सुनिता प्रधानले बताइन् ।
हाल बेलायतमा स्वास्थ्यसँग सम्बन्धित अमेरिकी सलादमास्टरको डिलरसिप सञ्चालन गरिरहेका शिवजी श्रेष्ठ, उर्मिला श्रेष्ठ, बाबुराम प्रधान, सुनिता प्रधानले संयुक्त रुपमा सो कम्प्युटर खरिदका लागि सहयोग प्रदान गरेका हुन् ।
उनीहरुले यसअघि दुर्व्यवनविरुद्धको अभियानका लागि पनि धरानमा सहयोग पठाएका थिए ।






