लन्डन- बेलायतको सबैभन्दा जेठो नेपाली संस्था यति नेपाली एसोसिएसनको उपाध्यक्ष चयन गर्न आगामी जुन १२ आइतबार निर्वाचन हुने भएको छ ।
गत मे २८ मा सम्पन्न अधिवेसनमा अध्यक्षसहित कार्यसमिति नै सर्वसम्मत चयन भए पनि उपाध्यक्ष टुंगो लागेको थिएन । यतिको उपाध्यक्षका लागि ठाकुर शर्मा र डा मिन रानाभाटबीच प्रतिस्पर्धा हुने भएको छ ।
साउथ ह्यारोस्थित गोल्डेनसिप रेष्टुरेन्ट आइतबार बिहान ११ बजेदेखि मतदान सुरु हुने महासचिव बाचस्पति रेग्मीले जनाए ।






