कार्यतालिका सार्न मोर्चाको आग्रह

संविधान निर्माणमा देखिएका विवादित विषयमा सहमति जुटाउन बसेको तीनदलको बैठक निष्कर्ष विहिन भएको छ । सिंहदरवारमा बिहान बसेको बैठकमा सहमति जुटाउने बारेमा छलफल भएपनि निर्णयमा नपुगिएको नेताहरुले बताएका छन् । बैठकमा संविधानका अन्तरवस्तुमा सहमति हुन नसके प्रक्रियामा जाने विषयमा सहमत हुन सत्तारुढ दल काँग्रेस एमालले प्रतिपक्षिदललाई आग्रह गरेको भएपनि प्रतिपक्षले भने संविधान निर्माणको म्याद सार्न आग्रह गरेको काँग्रेस उपसभापति रामचन्द्र पौडेलले जानकारी दिनुभयो ।
बैठक पछि पत्रकारहरुलाई प्रतिकृया दिदै काँग्रेस उपसभापति पौडेलले संविधान निर्माणमा गम्भीर हुन आग्रह गरिएको बताउनुभयो । उहाँले हालका सबै आन्दोलनका कार्यक्रमहरुलाई स्थगित गर्दै संविधान निर्माणमा एमाओवादी सहितका प्रतिपक्षदललाई आग्रह गरेको जानकारी दिनुभयो ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले आजै बस्ने संवाद समितिको बैठकमा निर्णायक छलफल हुने जानकारी दिनुभयो । पत्रकारहरुलाई बैठकका बारेमा जानकारी दिदै अध्यक्ष दाहालले संविधान जारि गर्ने मिति नजिकियो भन्दैमा जनताको हित विपरित संविधान जारी गर्न नहुने तर्क गर्नुभयो । तीनदलको बैठकमा मदेशी मोर्चा भने सहभागि भएको थिएन ।