आमनिर्वाचनपछि मात्र नयाँ सरकार : प्रधानमन्त्री

kp oli 6बनेपा : प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ माघ ७ भित्र हुने संसदीय निर्वाचनपछि मात्रै वर्तमान सरकार परिवर्तन हुने दोहोर्‍याएका छन्।

काठमाडौँ विश्वविद्यालयको ७२ औँ सिनेट बैठकमा सहभागी भई बाहिरिने क्रममा साेमबार पत्रकारसँग कुरा गर्दै उनले सरकार परिवर्तनको कुनै भद्र सहमति नभएको स्पष्ट गरे । उनले भने,’सरकार कहिल्यै स्थिर हुँदैन, तर यो सरकार अहिल्यै परिवर्तन हुने भन्ने मितिको टुङ्गो लागेको छैन ।’

विश्वविद्यालयका कुलपतिसमेत रहनुभएका ओली र सहकुलपति शिक्षामन्त्री गिरिराजमणि पोखरेल सहभागी बैठकले आव २०७३÷०७४ रु तीन अर्ब ३२ करोडको बजेट पारित गरेको छ ।