संविधान माग्दै सडक बहस

आगामी माघ ८ मै नयाँ संविधान जारी गर्नुपर्ने माघ राख्दै काठमाडौंमा सडक बहस सुरु गरिएको छ । शान्तिका लागि साझा अभियानले सोमबार गरेको सडक बहसमा सभासद र नागरिक समाजका अगुवाहरु उपस्थित थिए । नयाँ बानेश्वरमा गरिएको बहसमा नयाँ संविधान निर्माण गर्न दलहरु कहाँ पुगेका छन्, प्रक्रिया कहाँ पुग्यो ? भनी सर्वसाधारण जनता र सभासदबीच बहस गराइएको थियो । बहसको यो श्रृंखला माघ ८ सम्मै चलाउने आयोजकले जानाएको छ ।