लन्डन– युरोपकै सबैभन्दा पुरानो नेपाली संस्था यती नेपाली एसोसिएसन यूकेको नेतृत्वको भीडन्तले माहोल तातिएको छ । महाधिवेशन मे २८ मा हुने तय भएको छ ।
महाधिवेशन नजिकिंदै गर्दा आकांक्षीहरुले भेटघाट र चुनावी तयारीलाई तीब्र बनाएका छन् । एसोसिएसनको अध्यक्षमा महिला समाजसेवी पिपला देवानसहित समाजसेवी ध्रुव केसी, खगेन्द्र नेपाली, विजय थापा र गोपाल पौड्यालले दाबी गरेका छन् । महिला नेतृत्व र सामाजिक क्रियाशिलताका कारण देवानलाई नेतृत्व दिलाउन एउटा समूह सक्रिय भएको छ ।
वरिष्ठ उपाध्यक्षमा वीपी खनाल, महासचिवमा पत्रकार वाचस्पति रेग्मी र कोषाध्यक्षमा श्याम शेरचन र जीवन सेनले आकांक्षा राखेका छन् ।
एसोसिएसनका अध्यक्ष उमेशराज मोक्तान, प्रमुख निर्वाचन संयोजक राजकुमार त्रिपाठी,संयोजक शिव भण्डारी सहित मिडिया कोर्डिनेटर एभरेष्ट गौतमले महाधिवेशनमा इच्छुक सदस्यलाई सक्रिय सहभागिता जनाउन विज्ञप्तिमार्फत आग्रह गरेका छन् । एसोसिएसनले बेलायतस्थित नेपालीहरुलाई सदस्यता फाराम बुझाइ महाधिवेशन सफल पार्न आग्रह गरेको छ ।
यसैबीच, नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका प्रकाशित भएको छ ।
१) सदस्यता फारम कार्यसमिति र निर्वाचन समितिबाट प्राप्त गर्न सकिनेछ ।
२) सदस्यता फर्म मे २८ तारिख १० बजेसम्म बुझाइसक्नुपर्ने l
३) सदस्यता अन्तिम नामावली प्रकाशन अपरान्ह १२ बजेसम्म बुझाइसक्नुपर्नेछ l
४) उम्मेदवारी दरखास्त दिने समय दिउँसो १ बजे सम्म रहेकोछ l
५) उम्मेदवारमाथि दाबीविरोध गर्ने समय साढे १ बजेसम्म रहेकोछ l
६) उम्मेदवार अन्तिम नामावली प्रकाशन १ः ४५ बजे हुनेछ ।
७) कार्यसमिति चयनका लागि निर्वाचन दिउँसो २ बजेदेखि साँझ ५ बजेसम्म रहेकोछ
८) मतगणना साँझ ५ बजेपछि हुनेछ l
९) निर्वाचन परिणाम घोषणा मत गणना समाप्त भइसकेपछि हुनेछ l
अधिबेसन साउथहारो स्थित गोल्डेन्सिप रेस्टुरेन्टको सबाहलमा हुने जानकारी सहित बेलायतमा बसोबास गर्नुहुने सम्पुर्ण दाजुभाइ, दिदीबहिनी तथा समाज सेवीहरुको सहभागिताको लागि हार्दिक आव्हान गरिएको छ
![13245910_10206414776477078_1145638184_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/05/13245910_10206414776477078_1145638184_n1.jpg)






