पृथ्वी जयन्तीमा अर्को वर्षदेखि सार्वजनिक विदा

काठमाडौं । प्रधानमन्त्री सुशील कोइरालाले संविधान जारी गर्ने वातावरण बिग्रनसक्ने भएकाले पृथ्वी जयन्तीमा सार्वजनिक विदा नदिएको बताएका छन् ।

पृथ्वी जयन्तीको अवसरमा राप्रपा नेपालले आज काठमाडौंको भृकुटीमण्डपमा गरेको चियापानमा कोइरालाले आगामी वर्षबाट मात्र पृथ्वी जयन्तीमा सार्वजनिक बिदा दिने स्पष्ट पारे ।

उनले भने, ‘संविधान जारी गर्ने बेलामा प्रतिपक्षीले विवादको विषय बनाउने भएकाले बिदाको निर्णय भएन ।’

उनले अर्को वर्षदेखि पृथ्वी जयन्तीलाई सरकारले राष्ट्रिय एकता दिवसको रुपमा मनाउने बताए ।

प्रधानमन्त्री स्वयंले ल्याएको प्रस्ताव पास नभएपछि पृथ्वी जयन्तीमा सार्वजनिक विदा दिने निर्णय सरकारले गर्न सकेन ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पृथ्वीनारायण शाहको तस्वीर नोटमा समावेस गर्न सरकारसँग माग गरे ।

उनले पृथ्वीनारायण शाहको योगदानलाई राजनीतिसँग जोडेर हेर्न नहुने बताए ।