एनबीसीद्वारा लेस्टरका आगलागीपीडित आचार्यलाई सहयोग प्रदान

image
लन्डन- नेपलिज ब्रिटिस कम्यूनिटी (एनबीसी) यूकेले बेलायत, लेस्टरमा बस्ने आगलागीपीडित नेपाली मधुसुदन आचार्यको परिवारलाई एक कार्यक्रमकाबीच राहत हस्तान्तरण गरेको छ ।

अप्रिल २१ गते बिहीबार घरमा आगलागी भएपछि आचार्यको परिवार छिमेकीको शरणमा बस्दै आएको छ । आगलागीमा एकसरो कपडाबाहेक सबै खरानी भएको थियो ।

आचार्य परिवारको दैनिकजी कष्टकर भएको समाचार सञ्चारमाध्यममा सार्वजनिक भएपछि संस्थाले सञ्चालन गरेको राहत अभियानबाट संकलित ५५७ पाउण्ड हस्तान्तरण गरिएको एनबीसीका सचिव मिलन घिमिरेले लण्डन नेपाल न्यूज डट कमलाई टेलिफोनमा बताउनुभयो ।

नेपाल डाइन क्याटरिङ नर्थहेम्टनमा एक विशेष कार्यक्रमकाबीच संस्थाका कोओर्डिनेटर कमलराज खनालले आचार्य परिवारलाई ५५७ पाउण्डको चेक हस्तान्तरण गर्नुभएको हो ।

सहयोग हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै सिर्जनशील लेस्टर यूकेका अध्यक्ष पशुपति पोखरेलले समाजमा घट्ने अप्रिय घटनाहरूलाई सामाजिक संघ सस्थाहरूको भाइचारा सम्बन्धले सामूहिकरुपमा सामना गर्न सहज हुने बताउनुभयो । उहाँले मानवीय सहयोगमा हात बढाएको भन्दै एनबीसी यूकेलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा एनबीसी यूकेका कोषाध्यक्ष राजेन्द्र ओझा, कार्यसमिति सदस्य ऋषि खनाललगायतको उपस्थिति थियो ।

image

image image