काठमाडौं- नेकपा एमालेका लोकप्रिय नेता कोशल पोखरेलको निधन भएको छ ।
निवर्तमान गुल्मी जिल्ला विकास समिति सभापति समेत रहेका विकासप्रेमी नेता पोखरेलको विहीबार विहान हृदयघातबाट निधन भएको हो ।
पोखरेलको निधनमा एमालेले दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजन तथा गुल्मेली जनताप्रति समवेदना प्रकट गरेको छ ।
एमाले महासचिव ईश्वर पोखरेलले विहीबार अपराह्न शोक वक्तव्य जारी गरी नेता पोखरेलको निधनले पार्टी स्तब्ध र मर्माहत भएको बताएका छन् । साथै पार्टीले एकजना प्रतिबद्ध योद्धा तथा गुल्मी जिल्लाले विकासप्रेमी अग्रज गुमाएको वक्तव्यमा उल्लेख छ ।






