गुल्मी बडागाउँको आगलागी पीडितलाई क्षेत्री समाज बेलायतको आर्थिक सहयोग–आगलागीबाट जलेका घर (भिडियो सहित)

13183070_10209721615939057_70588538_n[1]लन्डन,

क्षेत्री समाज बेलायतले गुल्मी जिल्लाको बडागाउँ गा.बि.स वडा न १ र २ दजाकोटमा भएको भिषण आगलागीमा परि बिचल्ली भएका परिवारजनको सहयोगको लागी सहानुभूति तथा ऐक्यबद्धता स्वरूप आर्थिक सहयोग गरेको छ।

क्षेत्री समाज बेलायतको पहल तथा सो समाजका आपतकालीन राहत कोषका संयोजक प्रतिमा के.सी.को संयोजनमा छोटो समयमा समाजका सदस्यहरुबाट संकलन गरिएको रकम ६१२ पाउण्ड बेलायतमा सक्रिय गुल्मी जिल्ला समाज युके मार्फत आज हस्तारण गरिएको छ ।

संयोजक प्रतिमा के.सी.ले एक समारोह बीच गुल्मी जिल्ला समाजका अध्यक्ष्य राम गलामीलाइ सो रकम हस्तान्तरण गर्नु भयो। उक्त रकम हस्तान्तरण कार्यक्रममा क्षेत्री समाजका सचिब कुमार के.सी.कार्यसमितिका सदस्य इन्द्र क्षेत्री, क्षेत्री समाज रेडिंगका सल्लाहकार अर्जुन बस्नेत तथा गुल्मी जिल्ला समाज युकेका कार्य समिति सदस्य राम सापकोटाको उपस्थिति रहेको थियो ।

संयोजक के.सी. ले सो अबसरमा क्षेत्री संमाज बेलायतका अध्यक्ष्य क्या. रि. धन बहादुर कुँवर तथा महासचिब रञ्जन कुमार क्षेत्रीको सहानुभुती संदेश समेत स्मरण गराउनु भएको थियो सो कार्यक्रममा अध्यक्ष्य राम गलामीले क्षेत्री समाजले गुल्मी जिल्ला समाजको पहलमा सहयोग सकलन भैरहेको अभियानमा सहानुभूति तथा सहयोग गर्नु भएकोमा क्षेत्री समाजलाइ बिशेष धन्यबाद दिनुभएको थियो ।

शनिबार स्थानीय वेदपानी सामुदायिक वनबाट सुरु भएको आगो तिलार सामुदायिक वन हुँदै अनियन्त्रित भएर गाउँमा पसेको थियो सो आगलागीमा परि एक जनाले ज्यान गुमाएका थिए । ९२ वटा घरहरु जलेर नस्ट भएका थिए भने करोडौको अन्नपात, धनमाल तथा चौपायाहरू जलेर खरानी भएको थियो ।