सभामुखको स्वागतमा लन्डनमा रिसेप्सन

12994387_1603859923268055_2955801409092511957_n[1]सभामुख ओनसरी घर्तीमगर नेतृत्वमा आएको प्रतिनिधिमण्डललाई बेलायतस्थित नेपाली राजदूतावासले ‘रिसेप्सन’ दिएको छ ।

लन्डनस्थित दूतावास भवनमा भएको रिसेप्सनमा सभामुखसहित चार प्रमुख दलका प्रमुख सचेतकहरु सहभागी थिए । सभामुख नेतृत्वको ७ सदस्यीय प्रतिनिधिमण्डल यतिखेर बेलायत भ्रमणमा छ ।

प्रतिनिधिमण्डलमा नेपाली कांग्रेसका प्रमुख सचेतक चीनकाजी श्रेष्ठ, नेकपा (एमाले) का प्रमुख सचेतक भानुभक्त ढकाल, एनेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डे र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक दीलनाथ गिरी, संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराई र सचिव मुकुन्दप्रसाद शर्मा छन् ।

यसैबीच सभामुख नेतृत्वको प्रतिनिधिमण्डललाई यसअघि ब्रिटिस ग्रुप इन्टर पार्लियामेन्ट्री युनियनले सोमबार सांझ संसद भवनमा ‘रिसेप्सन’ दिएको थियो ।

कार्यक्रममा कार्यवहाक राजदूत तेजबहादुर क्षेत्री, थर्ड सेक्रेटरी बाबुकाजी डंगोल, मिलिट्री अट्याची प्रदीपजंग केसी,  गैर आवासीय नेपाली संघ युरोप संयोजक कुल आचार्य, गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष मुछेत्र गुरुङ,नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, नेपलिज सेफ एसोसिएसन यूके अध्यक्ष कृष्ण तिमिल्सिना, नेपलिज क्याटरर्स एसोसिएसन यूके अध्यक्ष विजय थापा, भूपू गोर्खा नेताहरु  कृष्ण राई, मेजर रि. मानबहादुर राई लगायत सहभागी थिए।

पूर्ण रुपमा अनौपचारिक गरिएको कार्यक्रम कुनै पनि भाषण नै बिना सम्पन्न भएको थियो । कार्यक्रमका सहभागीहरुले सभामुख र संसदीय टोलीमा आएका सचेतकहरुसंग अनौपचारिक रुपमा कुराकानी गर्ने र तस्बिर लिने गरिरहेका देखिन्थे।

प्रतिनिधिमण्डलले बुधबार नर्दन आयरल्याण्डको संसद, कज वे इन्सटिच्युट अन द नर्दन आयरल्याण्ड कन्फ्लिक्ट, पुलिस सर्भिस अफ नर्दन आयरल्याण्ड जस्ता विभिन्न निकाय र नेपाली समुदायसंग छलफल गर्ने कार्यक्रम छ । प्रतिनिधिमण्डल २२ अप्रिलमा लन्डन फर्केर भोलिपल्ट सांझ स्वदेश फर्कंदैछ ।q1