सिकारुले चलाएको गाडीको ठक्करले १६ महिने नेपाली बालकको मृत्यु

childसिड्नी- अष्ट्रेलियामा सिकारुले चलाएको गाडीको ठक्करले १६ महिने नेपाली बालकको मृत्यु भएको छ ।

चार महिना अगाडि आफ्नो जन्मदिन मनाएका एक नेपाली बालकको सिकारूले चलाएको कारले ठक्कर दिदा मृत्यु भएको हो । बिहीबार बिहान ९ः३० बजे नेपालीको बाक्लो बस्ती रहेको सिड्नीको अवर्नमा फुटपाथमा हजुरआमासँग हिडिरहेका बेला कारले ठक्कर दिदा नेपाली बालक श्रेयन थापाको मृत्यु भएको हो ।

कारले ठक्कर दिदा ती १६ महिनाका बालक श्रेयनकी आमा रोजिता र बुवा सजुन भने घटनास्थलभन्दा केही पर मात्र थिए ।