लन्डन- गुल्मी जिल्ला समाज, यूकेको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ ।
समाजको १० औं साधारणसभा तथा पाँचौ कार्यसमितिको निर्वाचन आगामी मे १ तारिख २०१६ मा अल्टासोटको भेटघाट रेस्टुरेन्टमा हुने तय भएको छ । समाजले मे १ मा दिउँसो ११ बजेदेखि हुने १० औं साधारणसभामा उपस्थितिका लागि सबै आजीवन सदस्यहरु एवं सम्पूर्ण बेलायतवासी गुल्मेलीहरुलाई अनुरोध गरेको छ ।
सार्वजनिक कार्यक्रमअनुसार मे १ तारिख १ बजेदेखि निर्वाचन सुरु हुनेछ । तर, उम्मेदवारी दर्तासहितको निर्वाचन कार्यक्रम भने अगाडि नै हुने समाजका अध्यक्ष अर्जुन गौतम र प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीद्वारा जारी निर्वाचन कार्यक्रममा उल्लेख छ ।
समाजले अपि्रल २० तारिख अपरान्ह ५ बजेभित्र प्रतिपरिवार ५ पाउण्ड तिरेर साधारण सदस्यता लिन सकिने जनाएको छ ।
आजीवन सदस्यहरु एवं साधारण सदस्यहरुको नामावली २२ अप्रिलमा प्रकाशित गरिनेछ भने कार्यसमितिको लागि उम्मेद्वारी दर्ता २३ अप्रिलदेखि २४ अप्रिल ५ बजेसम्म हुनेछ ।
उम्मेद्वारको दाबीविरोध एवं उम्मेद्वारी फिर्ता २५ अप्रिलदेखि २५ अप्रिल ५ बजेसम्म गर्न सकिनेछ । साथै, उम्मेद्वारहरुको अन्तिम नामावली २७ अप्रिलमा प्रकाशित गरिनेछ ।
नयाँ नेतृत्व चयनका लागि निर्वाचन मे १ तारिख १ बजेदेखि सुरु हुनेछ भने ३ बजे निर्वाचित कार्यसमितिको घोषणा गरिनेछ ।
निर्वाचनबाट अध्यक्ष, तीन उपाध्यक्ष, एक महासचिव, एक सचिव, एक कोषाध्यक्ष, एक सहकोषाध्यक्ष र ११ कार्यकारिणी सदस्य चयन गर्नेछ ।
अध्यक्षका लागि समाजको एक कार्यकाल कार्यसमिति सदस्य भएको हुनुपर्ने भए पनि अन्य पदमा आजीवन सदस्य र साधारण सदस्यले उम्मेदवारी दिन पाउनेछन् ।
मतदाता नामावली, उम्मेद्वारी फर्म गुल्मी जिल्ला समाजको इमेल ग्रुपमा पठाइएको जनाइएको छ । संस्थाको वेबसाइटमा पनि राखिएको छ ।
उम्मेद्वार बन्न चाहनेले उम्मेद्वारी फाराम भरी निर्वाचन समितिको सम्पर्क कार्यालयमा वा प्रमुख निर्वाचन अधिकृत मीन दर्लामीको इमेल एवं फ्याक्समा पनि पठाउन सक्ने समाजले जनाएको छ ।
निर्वाचनका लागि समाजले उम्मेद्वारी शुल्क पनि टुंगो लगाएको छ । अध्यक्षका लागि १५०, उपाध्यक्षका लागि १०० पाउण्ड, महासचिवका लागि का लागि ५० पाउण्ड तथा अन्य पदाधिकारीको लागि का लागि ३० पाउण्ड तोकिएको छ ।![12980570_10206126785877493_773167354_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12980570_10206126785877493_773167354_n1.jpg)
![12957310_10206126759116824_60983289_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12957310_10206126759116824_60983289_n11.jpg)







![Gulmi-Samaj-Uk[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/Gulmi-Samaj-Uk1.jpg)