लण्डन । नेपाली व्यवसायीहरु मिलेर लण्डनमा स्थापना गरेको ग्रिनविच रियल स्टेट (जिआरई) स्टेट एजेन्टको सोमबार औपचारिक सुभारम्भ गरिएको छ । साउथ ईस्टको प्लमस्टिडस्थित कार्यालयमा एक विशेष समारोहबीच सोमबार सांझ जिआरईको उद्घाटन भएको हो ।![12962609_10206114553011679_551398539_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12962609_10206114553011679_551398539_o1-1024x576.jpg)
उद्घाटन भएसंगै जिआरई स्टेट एजेण्टले आफनो सेवा पनि प्रारम्भ गरेको छ । बेलायत तथा नेपाल दुवै देशमा घरजग्गा खरिद बिक्री तथा मर्मतसम्भार गर्ने, भाडामा लिने दिनेसहित मोर्गेजसम्बन्धी आवश्यक परामर्श उपलब्ध गराउने लगायतका सेवा जिआरईले दिनेछ ।
बेलायतमा विभिन्न व्यवसायमा संलग्न सफल व्यवसायीहरुको एक समूहले जिआरई स्थापना गरेको हो ।
ओएलडी ग्रुपका युवा व्यवसायीहरु दीपक श्रेष्ठ, सफल शेरचन र ओम थापाका साथै व्यवसायीहरु मोहन गुरुंग, एलएन पाण्डे, प्रविण गुरुंग र शंकरजंग गुरुंगले जिआरईमा लगानी गरेका छन ।
बेलायतका नेपाली व्यवसायीहरुको उल्लेख्य उपस्थितिमाझ सम्पन्न उद्घाटन समारोहको सञ्चालन सेविका जिसीले गरेकी थिइन भने निर्देशक प्रविण गुरुंगले जिआरईका विषयमा जानकारी गराएका थिए ।
जिआरईका निर्देशक मोहन गुरुंगले घरजग्गा खरिदबिक्री तथा मोर्गेजसम्बन्धी आवश्यक परामर्श सहज रुपमा लिन नपाउंदा धेरै नेपालीले दुख पाउने गरेको उल्लेख गर्दै अब जिआरईले उनीहरुलाई लक्षित गरेर सेवा स२चालन गर्ने लन्डन नेपाल न्यूज डट कम सँगको टेलिफोन कुराकानीमा जानकारी दिनु भयो । ![12953305_10206114554691721_1255101444_o[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/04/12953305_10206114554691721_1255101444_o1-1024x576.jpg)






