काठमाडौँ- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले कांग्रेस सत्तामा जान लालायित नभएको बताउनुभएको छ ।
पार्टी सभापतिमा निर्वाचित भएपछि उहाँलाई बधाई दिन नेपाल प्रेस युनियनले उहाँको निवास बुढानीलकण्ठमा आयोजना गरेको कार्यक्रममा नेता देउवाले यस पटक काँग्रेस सत्ता बाहिरको रचनात्मक पहरेदारको भूमिकामा बसी मधेसका माग, संविधान कार्यान्वयन, स्थानीय तथा प्रदेशको निर्वाचन लगायतमा कटिबद्ध हुने बताउनुभयो ।
“ म पार्टीलाई एक ढिक्का बनाई अगाडि बढ्ने छु” उहाँले भन्नुभयो ।
पूर्वप्रधानमन्त्री देउवाले लोकतन्त्रको सुदृढीकरण र संविधानको कार्यान्वयनमा नेपाली प्रेसको सहयोग र योगदान अपरिहार्य छ भन्नुभयो । अर्को एक प्रसङ्गमा उहाँले स्वतन्त्र न्यायपालिकामा पूर्वसांसदलाई नियुक्ति गर्न खोज्नु लाजमर्दो भएको टिप्पणी पनि गर्नुभयो ।






