लन्डन- जेट एयरको एक विशेष अवार्ड नेपाली व्यवसायी विराज भट्टले पाएका छन् ।
भट्टद्वारा सञ्चालित ट्राभल कन्सोललाई जेट एयरवेजले सन् १०१४ र १५ को सेल्स रिकोग्निजेसन अवार्ड दिएको हो । पुरस्कार पाएलगत्तै भट्टले आफ्ना ग्राहक एवं शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।
ट्राभल कन्सोलले हवाई टिकट, होटल र विभिन्न होलिडेको लागि विभिन्न प्याकेज बिक्री गर्दै आएको छ ।
व्यवसायसँगै भट्टको नेतृत्वमा नेपालमा भूकम्प आएको केही घन्टामै राहत सामग्री पठाउन उनले नेपाली समुदायमा गरेको यो योगदान अविश्वमरणीय छ ।
सरल मिजासिला विराजले बेलायतमा विभिन्न राम्रा काम गरेवापत अवार्ड प्राप्त गर्दै आएका छन् ।![12784289_10205817726231195_1040439684_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/03/12784289_10205817726231195_1040439684_n1.jpg)






