मधेसको विकासमा पाँच अर्ब

Darna madheshकाठमाडौं- सरकारले संवेदनशील मानेका तराईका आठ जिल्लालाई केन्द्रीत गरेर भारतीय सीमामा अर्बौंको लगानी गर्ने भएको छ।

दुई दशकदेखि सशस्त्र द्वन्द्व, आन्दोलन र नाकाबन्दीले समेत थलिएका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका सीमा क्षेत्रसँग जोडिएका भूभागको भौतिक र सामाजिक पूर्वाधार विकास र सामाजिक पूर्वाधार विकास गर्न सरकारले करिब पाँच अर्ब रुपैयाँ लगानी गर्न लागेको हो।

सीमा क्षेत्रको विकासका लागि सरकारे पहिलो पटक सीमा क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ।