लन्डन । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महत ‘विश्वकै उत्कृष्ट अर्थमन्त्री’का रुपमा लन्डनमा सम्मानित भएका छन् । ![12625696_10205561241099227_1624009601_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12625696_10205561241099227_1624009601_n1.jpg)
लन्डनबाट प्रकाशित हुने प्रख्यात फाइनान्सीयल टाइम्सको सह—प्रकाशन दी बैंकरले आफ्नो ९० औं वार्षिकोत्वसको अवसर पारेर उसको मुख्यालयमा समारोहकोे आयोजना गरि डा महतलाई सम्मान गरेको हो । यसअघि दी ब्यांकरले नेपालमा अप्रील महिनमा भएको विनाशकारी भूकम्पपछिको विपद् व्यवस्थापन, उद्धार तथा पुनरस्थापनका लागि अन्तराष्ट्रिय दाता सम्मेलन गरि करिब ४ सय अर्व रुपैयां संकलन गर्न खेलको भूमिकाको कदर गर्दै महतलाई विश्वकै उत्कृष्ट अर्थमन्त्रीको अवार्ड दिने घोषणा गरेको थियो ।![12584031_10205561241539238_830131870_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12584031_10205561241539238_830131870_n1.jpg)
१४ वर्षदेखि उत्कृष्ट अर्थमन्त्री अवार्ड प्रदान गर्दै आएको बैंकरले डा महतलाई समग्र विश्वमा पनि उत्कृष्ट अर्थमन्त्री घोषणा गरेको हो । बैंकरका अनुसार एसिया प्रशान्त क्षेत्रका मुलुकमध्येबाट उत्कृष्ट अर्थमन्त्रीको रुपमा छनोटमा पर्ने डा महत पहिलो हुन् । ![12571036_10205561240259206_697225937_n[1]](http://www.londonnepalnews.com/wp-content/uploads/2016/01/12571036_10205561240259206_697225937_n1.jpg)
मंगलवार आयोजित सो कार्यक्रममा, बेलायतका लागि कार्यवाहक राजदूत तेज बहादुर क्षेत्री, गैरआवासीय नेपाली संघका यूरोप संयोजक कुल आचार्य, एनआरएन यूकेका पूर्व अध्यक्ष सूर्य गुरुङ, समाजसेवी राघव धिताल, नेपाली जनसम्पर्क समितिका सभापति लोक गुरुङ, कांग्रेस विदेश विभाग सदस्य विज्ञान प्रसाईं, गैरआवासीय नेपाली सँघका सल्लाहाकार विश्व आर्दश पण्डित लगायतको उपस्थिती थियो । कार्यक्रमलाई रेडियो राइनोले प्रत्यक्ष प्रसारण गरेको थियो ।






